काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यापारिका प्रतिनिधि राखेर कमिसन लिइ बजेट बनाएको आरोप लगाउनुभएको छ ।
आज बिहीवार काठमाण्डौमा आयाेजित पालिका चुनावमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले बजेट बनाउँदा अनधिकृत व्यक्तिहरू राखेको, व्यापारीका प्रतिनिधि राखेर करका दर सेटिङमा राखेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विश्वमा कतै नसुनेको, बजेट बनाउँदा बाहिरका अनधिकृत मान्छेहरू राखेर बजेट ...