काठमाडौं र धरानले परम्परागत सत्ता र राजनीतिक दलसँग विद्रोह गरेर निर्दलीय उमेदवारलाई पाँच वर्षे शासनको लाहाछाप लगाइ दियो । यसले राष्ट्रिय राजनीति तरंगित भएको छ । आफ्नो विवेक प्रयोग गरेर विगतदेखि नै राजनीतिक दल र तिनका नेतालाई गर्दै आएको विश्वास र समर्थनमा ब्रेक लगाउनु सामान्य परिघटना होइन । दलीय रजगज र सिण्डीकेट तोडेर आलोपालोको प्रथा ढालेर स्वतन्त्र उमेदवार निर्वाचित गर्दै सम्प्रभू जनताको तागत प्रदर्शन गर्दा नयाँ इतिहास कोरिएको छ । राजनीतिमा फरक खेलाडीले स्थान पाएको छ । भुइँमान्छेको इन्ट्री भएको