बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव

यहाँस्थित बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभावमा सेवा प्रभावित भएको छ। पचास शय्या क्षमताको अस्पतालले अस्थायी संरचना र करार जनशक्तिका भरमा ६४ शय्या सञ्चालन गरेको छ।

सम्बन्धित सामग्री

प्राविधिक जनशक्ति अभाव हुँदा पूर्वाधारका योजना कार्यान्वयनमा समस्या

म्याग्दी । ११ जना प्राविधिक जनशक्तिको दरबन्दी रहेको पूर्वाधार विकास कार्यालय म्याग्दीमा गत साउन महीनादेखि दुई इन्जिनियर र दुई जना सबइन्जिनियर मात्र कार्यरत छन् । सो कार्यालयलाई गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ७३ करोड बजेटका ८० योजना कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी छ । चालु आर्थिक वर्षमा एक सय ७५ सडक, सडक पुल, झोलुङ्गे पुल र भवनसम्बन्धी योजना कार्यान्वयन गर्नुपर्ने पूर्वाधार विकास कार्यालय बागलुङमा १२ जना प्राविधिक जनशक्तिको दरबन्दी भएकामा हाल दुई इन्जिनियर र चार सबइन्जिनियर छन् । कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर दिनेश घिमिरेले हाल रहेकामध्ये दुई जना सरुवा भएर जान लागेकाले योजना कार्यान्वयनमा जनशक्ति अभाव नै मुख्य चुनौती बनेको जानकारी दिए ।  ‘हरेक योजनाको सर्वेक्षण, लागत अनुमान तयार, ठेक्का व्यवस्थापनदेखि अनुगमनमा नियमित प्राविधिकको उपस्थिति र आवश्यकता पर्छ,’ उनले भने, ‘दरबन्दीअनुसार जनशक्ति नहुँदा भएकालाई कामको भार पर्ने र योजना कार्यान्वयनमा ढिलाइ हुन्छ ।’  करार र दैनिक ज्यालादारीमा प्राविधिक खोजेर योजना सर्वेक्षणको काम गरिरहेको कार्यालय प्रमुख घिमिरेले बताए ।  दुर्गम र विकट मानिने म्याग्दी, मुस्ताङ, मनाङ, बागलुङमा मात्र नभएर प्रदेश राजधानी पोखरामै रहेको पूर्वाधार विकास कार्यालय कास्कीमा पनि दरबन्दी अनुसारका प्राविधिक जनशक्ति छैनन् । चालु आर्थिक वर्षमा तीन सय ६० भन्दा बढी योजना कार्यान्वयन गर्न लागेको सो कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सोभियत खड्काले १९ जना प्राविधिकको दरबन्दी भएकामा ६ जना मात्र रहेको बताए ।  जनशक्ति अभावमा योजनाको सर्वेक्षणको काम प्रभावित बनेको उनले बताए । पूर्वाधार विकास कार्यालय, पर्वतका प्रमुख गुरुदत्त अधिकारीले १० जना प्राविधिकको दरबन्दी भएकामा तीन जनामात्र रहेको बताए । ‘ठूलो भूगोल भएको जिल्लामा तीन जनाले कार्यालयमा बसेर काम गर्ने कि फिल्डमा जाने ?’ उनले भने, ‘समयमा योजनाको सर्वेक्षण र ठेक्का प्रक्रियामा लैजान नसके ढिलासुस्ती हुन्छ ।’ प्रदेश सरकारको पुँजीगततर्फको रु १९ अर्बमध्ये रु १२ अर्ब ५० करोड बजेट कार्यान्वयन गर्ने भौतिक मन्त्रालय मातहतका ११ वटा जिल्लामा रहेका पूर्वाधार कार्यालयमा हाल दरबन्दीको एकतिहाई पनि प्राविधिक जनशक्ति छैनन् । जनशक्तिको कमीका कारण योजनाको सर्वेक्षण र लागत अनुमान तयार पार्ने काम प्रभावित भएको कार्यालय प्रमुखहरूले बताएका छन् । जनशक्ति कम हुँदा योजनाको गुणस्तर कायम गराउन पनि चुनौती छ । गत आर्थिक वर्षमा करारमा नियुक्त गरेर प्राविधिक जनशक्तिको व्यवस्थापन गरिएको थियो । प्रदेश लोकसेवा आयोगमा माग गरिएको जनशक्तिको पदपूर्ति हुन ढिलाइ भएको छ । करारमा जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारको मन्त्रिपरिषद्मा प्रस्ताव गरेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बताए ।   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले लोकसेवाबाट स्थायी जनशक्ति पदपूर्ति हुन ढिलाइ भएकाले योजना कार्यान्वयन प्रभावित हुन नदिन करार र ज्यालादारीमा प्राविधिक नियुक्त गर्नुपर्ने अवस्था आएको बताए ।  ‘चालु आव २०८०/८१ मा रु ३० लाखभन्दा कम बजेटका योजना छैनन् । गत वर्ष एक हजार आठ सय योजना रहेकामा चालु वर्षमा घटाएर एक हजार एक सय वटामा झारेका छौं,’ मन्त्री जुग्जालीले भने, ‘योजनाको संख्या कम हुँदा प्राविधिक जनशक्तिलाई भार कम पर्ने, योजना कार्यान्वयन नियमन र अनुुगमन सहज हुने, प्रशासनिक लागत घट्ने र उपलब्धि देखिने अपेक्षा गरेका छौं ।’  प्रदेश सरकारले चालु आवमा तीन सय किलोमिटर सडक कालोपत्र, २५ वटा सडक पुल निर्माण तथा २० वटा झोलुङ्गे पुल बनाउने लक्ष्य राखेको छ । रासस

पूर्वाधार विकासमा जनशक्ति अभाव

पूर्वाधार विकास कार्यालय म्याग्दीमा दरबन्दी अनुसारका जनशक्ति नहुँदा योजना कार्यान्वयनमा समस्या आएको छ। गण्डकी प्रदेश सरकारले आवश्यक जनशक्ति व्यवस्थापन नगर्दा पुराना तथा चालु आर्थिक वर्षमा विनियोजन भएका विकास योजना कार्यान्वयनमा समस्या भएको हो।

सिन्धुली अस्पतालमा दक्ष जनशक्ति र प्रविधिको अभाव, बिरामीलाई सास्ती

सिन्धुली। सिन्धुलीका सरकारी अस्पतालमा पर्याप्त दक्ष जनशक्ति-सुविधा र पूर्वाधार नहुँदा बिरामीले सास्ती खेपिरहेका छन् । ग्रामीण भेगका स्वास्थ्य संस्थाहरूले अधिकांश बिरामी उपचारका लागि सदरमुकामको अस्पतालमा रिफर समेत गरेका हुन् । तर सदरमुकामको अस्पतालमा पूर्वाधार भएपनि जनशक्तिकाे अभावका कारण बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेकाे छ । पूर्वाधार भएका अस्पतालमा जनशक्ति र जनशक्ति भएका अस्पतालमा सुविधाकाे […]

कर्णाली प्रदेश यातायात व्यवस्था कार्यालय अस्तव्यस्त

सुर्खेत : स्थापनाको चार वर्ष पूरा हुँनै लाग्दा पनि यहाँको यातायात व्यवस्था कार्यालय अझै व्यवस्थित हुन सकेको छैन। भौतिक पूर्वाधार देखि जनशक्तिसम्म अभाव छ। ट्रायल सेन्टर  समेत भाडामा सञ्चालन हुँदै आएको छ।सेवाग्राहीको चाप बढे पनि यहाँ काम गर्ने तरिका नै नमिल्दा सेवाग्राही दैनिक खेप्न बाध्य छन्। जनशक्ति र पूर्वाधार अभावले सेवा प्रवाह गर्न निकै असहज भएको कार्यालयका निमित्त प्रमुख आनन्द चपाईँको गुनासो छ। अहिले करारमा कर्मचारी राखेर काम चलाए पनि दक्ष जनशक्तिको अभाव भएकाले काम गर्न मुस्किल भएको उनल

जनशक्ति अभावमा अस्पतालको सेवा प्रवाहमा समस्या

काठमाडौँ,७ पुष । पूर्वी नवलपरासीको कावासोती १६ शहीदनगर डण्डामा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । पाँच शय्याको स्वीकृति पाएको अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि ६४ शय्या सञ्चालनमा ल्याइएको भए पनि पूर्वाधार र जनशक्तिको अभावको कारण सेवा प्रवाहामा समस्या आएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए । […]

जनशक्ति अभावमा अस्पतालको सेवा प्रवाहमा समस्या

पूर्वी नवलपरासीको कावासोती १६ शहीदनगर डण्डामा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । पाँच शय्याको स्वीकृति पाएको अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि ६४ शय्या सञ्चालनमा ल्याइएको भए पनि पूर्वाधार र जनशक्तिको अभावको कारण सेवा प्रवाहामा समस्या आएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए ।कुल ३१ जनाको दरबन्दी रहेको अस्पतालमा अहिले १३ जना मात्रै दरबन्दीमा कार्यरत रहेका बाँकी करार, छात्रवृत्ति चिकित्सक, नर्स तथा अस्पताल व्यवस्थापन समितिले राखे

ताप्लेजुङ अस्पतालमा जनशक्तिसँगै पूर्वाधार अभाव, बिरामीलाई सास्ती

ताप्लेजुङ – जिल्ला अस्पताल ताप्लेजुङमा जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापन नहुँदा बिरामीले सास्ती खेप्नुपरेको छ । बिरामीको चाप बढ्दै गएपछि उपलब्ध जनशक्ति र उपकरणबाट सेवा दिन समस्या भएको छ । अस्पतालबाट सेवा लिन सास्ती  जिल्ला अस्पतालबाट उपचार सेवा लिन सास्ती भएपछि बिरामीहरू झापा, धरान, विराटनगरलगायतका ठाउँ जानुपर्ने बाध्यता छ । सेवा लिन आउने बिरामीको अनुपातमा जनशक्तिसँगै पूर्वाधार अभाव हुँदा अपेक्षित सेवा प्रवाह गर्न गाह्रो भएको जिल्ला अस्पताल ताप्लेजुङका सूचना अधिकारी विजया राईले बताउनुभयो ।  ...

कास्कीमा इम्बोस्ड जडान गर्न पूर्वाधार र जनशक्ति अभाव

पोखरा । यातायात व्यवस्था कार्यालय कास्कीले जनशक्ति र उपकरण अभावका कारण पुराना सवारीलाई इम्बोस्ड जडान गर्न नसक्ने जनाएको छ । आज (मंगलबार) एक सूचना जारी गरेर तत्कालै पुराना गाडीको इम्बोस्ड नम्बर फेर्न नसकिने जनाएको हो । पोखरामा आइतबारदेखि नै इम्बोस्ड नम्बर फेर्न सुरु गरे पनि अहिले सेवाग्राहीको चाप बढेको भन्दै पुराना गाडीका सवारीसाधन कार्यालय नआउन […]

दाङका अस्पतालमा पूर्वाधार पर्याप्त, जनशक्ति अभाव

२ माघ, दाङ । दोस्रो लहरको कोभिड संक्रमण संक्रामक देखिएपछि दाङका अस्पतालहरुमा धमाधम पूर्वाधार थपिए । जिल्लाका अस्पतालहरुमा अक्सिजन प्लान्ट निर्माणदेखि आईसीयू, एनआईसीयू, पीआईसीयू र भेन्टिलेटर जस्ता स्वास्थ्य पूर्वाधार तयार गरियो । अहिले कोभिडको तेस्रो लहर शुरु भएर जिल्लामा संक्रमित बढिरहँदा स्वास्थ्य जनशक्ति अभाव देखिन्छ । लुम्बिनी प्रदेशकै एकमात्र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० बेड […]

बागमतीमा मन्त्रालय टुक्राउँदा पूर्वाधार र कर्मचारी अभाव

२ पुस, हेटौंडा । वागमती प्रदेश सरकारले मन्त्रालयका संख्या बढाउँदा पूर्वाधार र कर्मचारी अभाव भएको छ । कर्मचारी अभाव भएकाले एक जनाले दुई मन्त्रालय हेर्नुपर्ने अवस्था सिर्जना भएको छ। यद्यपि सरकारलाई ठूलो आर्थिक भार नपर्ने गरी पुराना सरकारी भवन मर्मतसम्भार गरेर र मौजुदा जनशक्ति प्रयोग गरेर मन्त्रालय सन्चालनको तयारी गरिएको अधिकारीहरुले बताएका छन् । मुख्यमन्त्री […]