नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज शुक्रबार सर्वोच्च अदालत परिसर प्रवेश गर्न रोक्ने निर्णय गरेको छ । बिहीबार सर्वोच्च परिसरमा विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोशित बनेका कानुन व्यवसायीले शुक्रबार बिहान ९ः३० बजे नै भेला भएर आन्दोलन गर्न लागेको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै १९ दिनदेखि न्यायिक वृत्त आन्दोलित छ । आन्दोलनकै कारण सयौं मुद्दा सुनुवाइ प्रभावित बनेको छ ।
सर्वोच्च परिसरमा प्रधानन्यायाधीशविरुद्ध दैनिक हुँदै आएको बिहीबार विरोध सभा झडपक...