दोहा– मलेसियामा कार्यरत रही अबैधानिक रुपमा बसेका नेपाली श्रमिकले अबदेखि सहजै स्वदेश फर्कन पाउने भएका छन् । यसअघि मलेसियाको अध्यागमन विभागले बनाएको अनलाइन प्रणालीमार्फत अपोईन्मेन्ट लिनुपर्ने बाध्यतालाई हटाउँदै अबदेखि स्वदेश फर्कने अबैधानिक नेपालीले राहदानी वा ट्राभल डकुमेन्ट र हवाई टिकट लिएर सिधै विमानस्थल जान सकिने त्यहाँस्थित नेपाली दूतावासकी द्वितीय सचिव यसु बस्नेतले जानकारी दिएकी छन् […]