सर्वोच्च अदालतको फैसलाविपरीत पूर्वप्रधानन्यायाधीशहरूले सरकारी ढुकुटीबाट गाडी, इन्धन, चालक, कर्मचारी र सहयोगीसहितको सुविधा लिइरहेका छन् । मन्त्रिपरिषद्का पटके निर्णयबाट सरकारले सबै पूर्वप्रधानन्यायाधीशलाई गाडी, प्रतिमहिना एक सय लिटर पेट्रोल, एक जना सहयोगी र नासु तहका कर्मचारी र निवास तथा अंगरक्षकका रूपमा सुरक्षाकर्मी खटाइरहेको हो ।