काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले विधानको सम्बन्धमा निर्वाचन आयोगले पठाएको पत्रप्रति असन्तुष्टि जनाएको छ । राप्रपाको पदाधिकारी बैठकले गत माघ २ गते निर्वाचन आयोगद्वारा प्रेषित पत्रबारे कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको हो । आयोगले राप्रपालाई पार्टी विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्र’ सहितको वाक्यांश हटाउन पत्राचार गरेको थियो । […]