काठमाडौं–९ की स्वतन्त्र उम्मेदवार मधु कार्कीको टिप्पणी : निर्वाचन आयोगले उस्तै चुनाव चिन्ह दिएर खेलबाड गर्यो, सच्याउनुपर्छ

काठमाडौं, २५ कात्तिक । काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएकी मधु कार्कीले उम्मेदवारहरुलाई आयोगले वितरण गरेको चिन्हलाई लिएर आक्रोश पोखेकी छिन् । उनले आयोगले स्वतन्त्र उम्मेदवारहरुलाई उस्तै उस्तै खालका चिन्ह प्रदान गरेको भन्दै असन्तुष्टि पोखेकी हुन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले निर्वाचन आयोगले आफूले पाएको टेलिभिजन […]

सम्बन्धित सामग्री

काठमाडौँ-५ का स्वतन्त्र उम्मेदवार कँडेलले पाए 'चप्पल'

काठमाडौंँ- काठमाडौँ- ५ का स्वतन्त्र उम्मेदवार विजय कँडेलले चुनाव चिन्ह चप्पल चुनाव चिन्ह पाएका छन्। निर्वाचन आयोगले आज स्वतन्त्र उम्मेदवार कँडेललाई चप्पल चुनाव चिन्ह दिएको हो । निर्वाचन आउन ३९ दिन बाँकी रहँदा आयोगले चुनाव चिह्न वितरण गरेको हो। आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का लागि...

काठमाडौँ-५ का स्वतन्त्र उम्मेदवार कँडेलले पाए 'चप्पल'

काठमाडौंँ- काठमाडौँ- ५ का स्वतन्त्र उम्मेदवार विजय कँडेलले चुनाव चिन्ह चप्पल चुनाव चिन्ह पाएका छन्। निर्वाचन आयोगले आज स्वतन्त्र उम्मेदवार कँडेललाई चप्पल चुनाव चिन्ह दिएको हो । निर्वाचन आउन ३९ दिन बाँकी रहँदा आयोगले चुनाव चिह्न वितरण गरेको हो। आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का लागि...

नमूना मतपत्रमा चुनाव चिन्ह नराखिएकाे भन्दै उम्मेदवार धर्नामा

जनकपुरधाम- निर्वाचन आयोगले आफ्नो आधिकारिक वेभसाइटमा राखेकाे नमूना मतपत्रमा आफ्नो चुनाव चिन्ह नराखेकाे भन्दै धनुषाकाे जनकपुरधाम उपमहानगरपालिकाका एक स्वतन्त्र उम्मेदवार धर्नामा बसेका छन् । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले आफ्नो चुनाव चिन्ह घण्टाघर मतपत्रमा  नराखेकाे का...

नमूना मतपत्रमा चुनाव चिन्ह नराखिएकाे भन्दै उम्मेदवार धर्नामा

जनकपुरधाम- निर्वाचन आयोगले आफ्नो आधिकारिक वेभसाइटमा राखेकाे नमूना मतपत्रमा आफ्नो चुनाव चिन्ह नराखेकाे भन्दै धनुषाकाे जनकपुरधाम उपमहानगरपालिकाका एक स्वतन्त्र उम्मेदवार धर्नामा बसेका छन् । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले आफ्नो चुनाव चिन्ह घण्टाघर मतपत्रमा  नराखेकाे का...

धनुषाको मतपत्रमा त्रुटि- मेयर उम्मेदवारकै छैन चुनाव चिन्ह (भिडिओ)

जनकपुरधाम । धनुषाको लागि निर्वाचन आयोगले सार्वजनिक गरेको नमूना मतपत्रमा त्रुटि भेटिएको छ । जनकपुरधाम उपमहानगरपालिका मेयरको स्वतन्त्र उम्मेदवार मनोज साहलाई निर्वाचन अधिकृतको कार्यालयले ‘घण्टाघर’ चुनाव चिन्ह प्रदान गरेको हो । तर, आयोगले सार्वजनिक गरेको धनुषाको नमूना मतपत्रमा ‘घण्टाघर’ चुनाव चिन्ह नै समाविष्ट छैन् । आफ्नो चुनाव चिन्ह नै मतपत्रमा नराखेपछि स्वतन्त्र उम्मेदवार साह आन्दोलित […]

निर्वाचन आयोगले स्वतन्त्र उमेदवारहरुलाई दियो चुनाव चिन्ह, बालेन शाहले पाए लौरो

वैशाख १७, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्र रुपमा उमेदवारी  दिएका उमेदवारहरुलाई शनिवार चुनाव चिन्ह प्रदान गरेको छ । यसैक्रममा काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उमेदवारी दिएका बालेन शाहले चुनाव चिन्ह लौरो पाएका छन् । आफूलाई अटेरी उम्मेदवार भनेर चिनाउने काठमाडौंका स्वतन्त्र उम्मेदवार शाह र पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेश पौडेललेलाई निर्वाचन अधिकृतको कार्यालयले लौरो चुनाव चिह्न दिएको हो ।  उता भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने चुनाव चिन्ह भुइँकटहर पाएका छन् । त्यसैगरी धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमालले आँप चुनाव चिह्न पाएका छन् । यसैगरी विराटनगर महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले लालटिन चुनाव चिह्न पाएका छन्।    शनिवार देशभर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न वितरण गरेको हो । निर्वाचन अधिकृतको कार्यालयले शुक्रवार साँझ प्रकाशित अन्तिम नामावलीअुनसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको हो ।        यही वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गराएर मनोनयन फिर्ता नलिएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगले बताएको छ । आयोगका अनुसार राष्ट्रिय मान्यता प्राप्त छ ओटा राजनीतिक दलका उम्मेदवारलाई भने मतपत्रको क्रमसङ्ख्या १ देखि ६ सम्म कायम निर्वाचन चिह्न प्रदान गरिने छ ।        मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले) को ‘सूर्य’, दोस्रोमा नेपाली कांग्रेसको ‘रुख’, तेस्रोमा नेकपा (माओवादी केन्द्र) को ‘गोलाकार हँसिया हथौडा’, चौथोमा जनता समाजवादी पार्टीको ‘छाता’, पाँचौंमा लोकतान्त्रिक समाजवादी पार्टीको ‘साइकल’ र छैठौंमा नेकपा (एकीकृत समावादी)को ‘कलम’ चिह्न रहेको छ ।             यस्तै राष्ट्रिय मान्यता प्राप्त नगरेका तर आयोगमा दर्ता भएका दलका उम्मेवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदारलाई मतपत्रमा रहेको चिह्नबाट छान्न लगाइएको छ ।।        यही वैशाख ३० गते हुने निर्वाचनका लागि ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला गरी कुल १ लाख ५३ हजार २२० जनाको उम्मेदवारी कायम भएको छ । नगर प्रमुखमा ३ हजार २४९ पुरुष र २६८ महिला गरी ३ हजार ५१७, उपप्रमुखमा ६०७ पुरुष र १ हजार ५६८ महिला गरी २ हजार १७५, गाउँपालिका अध्यक्षमा ३ हजार १४९ पुरुष र १९८ महिला गरी ३ हजार ३९२ तथा उपाध्यक्षमा ६१६ पुरुष र १ हजार ७९१ महिला गरी २ हजार ४०७ जनाको उम्मेदवारी टुङ्गो लागेको छ ।             यसैगरी वडाध्यक्षमा ३४ हजार ३५० पुरुष र एक हजार ५० महिला गरी ३५ हजार ४००, महिला सदस्यमा २६ हजार ५७५, महिला दलित सदस्यमा २३ हजार ९६२ तथा सदस्यमा ५३ हजार २३७ पुरुष र २ हजार ५५८ महिला गरी ५५ हजार ७९५ जनाको उम्मेदवारी कायम भएको आयोगले बताएको छ ।             ७५३ ओटा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कुल ३५ हजार २२१ सदस्यका लागि निर्वाचन हुँदैछ ।

बालेन साहको चुनाव चिन्ह ‘लौरो’

काठमाडौं । काठमाडौं महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले चुनाव चिन्ह लौरो पाएका छन् । आज (शनिबार) निर्वाचन आयोगले साहलाई लौरो चिन्ह दिएको हो । चुनाव चिन्ह लौरो पाएसँगै साह चुनावी प्रचारमा निस्केका छन् ।

स्वतन्त्र उम्मेदवारले पाए चुनाव चिन्ह (फाेटाे फिचर)

काठमाडाैँ- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिन्हमध्येबाटै निर्वाचन चिन्ह दिएकाे छ। देशभर १२ हजार ७८९ जना स्वतन्त्र उम्मेदवार छन्। उनीहरूलाई आयोगले आज निर्वाचन चिन्ह दिएकाे हाे। ४० प्रकारका निर्वाचन चिन्हहरूमा बिरालो, अर्ना, बँदेल, भ्यागुतो, चिल, केरा, गुलाब, खसीको टाउको, जेब्रा, भुइँकटहर, काग, भालु, कङ्गारु, हाँस, आँप , लाल्टिन, घन्टाघर, मुढा, […]

बालेनकाे चुनाव चिन्ह लाैराे

काठमाडौँ – काठमाडाैँ महानगरकाे मेयरमा स्वतन्त्रबाट उम्मेदवार दिएका र्‍यापर तथा इन्जिनियर बालेन साहकाे चुनाव चिन्ह लाैराे रहने भएकाे छ। निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनको लागि आज शनिबार बालेनलाई चुनाव चिन्ह लाैराे प्रदान गरेकाे हाे। आयोगले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिन्हमध्येबाटै निर्वाचन चिन्ह दिएकाे छ। देशभर १२ हजार […]

राष्ट्रियसभा उम्मेदवारलाई चुनाव चिन्ह, थापालाई सूर्य

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ । बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरुलाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको हो । बुधबार अपरान्ह राष्ट्रिय सभा सदस्य उपनिर्वाचन बागमती प्रदेशको कार्यालयले हेटौँडामा अन्तिम नामावली प्रकाशनसँगै रामबहादुर थापा बादललाई सूर्य, कृष्णबहादुर तामाङलाई मादल र स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह प्रदान गरेको छ ।