सत्ता गठबन्धनमा सामेल नवगठित नेकपा एकीकृत समाजवादीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा विगतमा आफ्नो नेतृत्वमा भएका काम भनेर कलङ्ककी नौबिसे सुरुङ्ग मार्गको योजना समेत समेटिएको छ । घोषणापत्रमा विभिन्न समयमा हाम्रो नेतृत्वमा भएका कामहरू भनेर गणतन्त्र स्थापनामा नेतृत्वदायी भूमिका, शान्ति स्थापनामा प्रमुख भूमिका, तत्कालीन अनमिनलाई बिदा गर्ने काम राखिएको छ । त्यसै …