नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी)मा खुलेको प्रदेश १ प्रदेशसभाका सदस्यहरुले बुधबार सनाखत गर्ने भएका छन् । बुधबार विहान ११ बजे समाजवादीमा खुलेका १० सांसदले प्रादेशिक निर्वाचन कार्यालयमा पुगेर नेकपा समाजवादीको पक्षमा सनाखत गर्ने कार्यक्रम रहेको नेता राजेन्द्र राईले जानकारी दिए ।उनका अनुसार सांसदहरु भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, सावित्रा रेग्मी र कृष्णकुमारी राई, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरित