राप्रपाको नयाँ नेतृत्वका लागि राजेन्द्र लिङ्देन समूहले पदाधिकारीको प्यानल घोषणा गरेको छ । जसको महामन्त्रीमा डा धवलशमशेर राणा रहेका छन् । लामो समय राजेन्द्र–धवलबीचको छलफलबाट युवाहरुको प्रतिनिधित्व गर्दै राजेन्द्र अध्यक्षमा चुनाव लड्ने टुंगो लागेको थियो । बिहीबार नेतृत्वमा चुनाव हुने भएपछि राजेन्द्र- धवल समूहले पदाधिकारीमा लड्ने नेताहरुको टुंगो लगाएको हो । जसअनुसार उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ । यस्तै महामन्