नाडाको नयाँ नेतृत्वका लागि थापाको प्यानल घोषणा

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि ध्रुव थापाले प्यानल घोषणा गरेका छन् । १८ सदस्यीय कार्यसमितिका लागि थापाले प्यानल घोषणा गरेका हुन् ।थापाको प्यानलमा आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी, शुभाशिष थपलिया, अमरज्योती रञ्जित, बि एन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि.एस्. […]

सम्बन्धित सामग्री

नाडाको नयाँ नेतृत्वका लागि चौधरी र थापाको प्यानलसहित उमेदवारी दर्ता

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि करण चौधरी र ध्रुव थापाले उमेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताका लागि आइतबार तोकिएको समयमै चौधरी र थापाले प्यानलसहित उमेदवारी दर्ता गराएका हुन् । चौधरी र थापाले यसअघि प्यानल घोषणा गरेका थिए । १८ सदस्यीय नयाँ कार्यसमितिका लागि ३६...

ध्रुव थापाको प्यानलसहित नाडाको नेतृत्वको लागि उम्मेदवारी घोषणा

काठमाडौं, मंसिर १६ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि ध्रुव थापाले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व उपाध्यक्ष समेत रहनुभएका अध्यक्षका उम्मेदवार थापाले १८ सदस्यीय कार्यसमितिका लागि प्यानल घोषणा गर्नुभएको हो । उहाँले आफ्नो टिमले अटोमोबाइल क्षेत्रको समस्या बुझेको र समाधानको योजनासहित अगाडि बढेको बताउनुभयो । […]

करण चौधरीद्वारा नाडाको अध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा

व्यवसायी करण चौधरीले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको भावी नेतृत्वका लागि प्यानलसहित आफ्नो  उम्मेदवारी घोषणा गरेका छन् । बुधबार राजधानीमा एक समारोहकाबीच  चौधरीले अध्यक्षसहित आफ्नो प्यानल घोषणा गरेका हुन् । उनको प्यानलका १७ सदस्यहरूमा सुनिल रिजाल, अनुप बराल, सुरेन्द्र कुमार उप्रेती, बिक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, पंकज अग्रवाल, प्रकाश कपुरी रहेका छन् । यस्तै, निलममणी पाठक, वरदान बस्नेत,निसान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगार

नाडाको चुनाबी माहोल तात्यो, दुबै पक्षद्वारा प्यानल घोषणा (नामसहित)

अटोमोबाइल्स व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि २ समूहबीच रस्साकस्सी चुलिएको छ । अध्यक्षमा २ जना धुब्र थापा र करण कुमार चौधरी दाबेदार छन् । मंसिर २२ र २३ गते हुने साधारणसभाबाट नाडाले नयाँ नेतृत्व पाउने छ । सहमतिको प्रयासमा अध्यक्ष कृष्ण प्रसाद दुलालसहितका व्यक्तिहरु लागिरहे पनि यसपटक निर्वाचन नै हुने देखिएको छ । चुनाव आउने दिन नजिकिएसँगै नेतृत्वका दाबेदारले प्यानल नै बनाएर देश दौडाहामा निस्किन थालेका छन् । अध्यक्षका प्रत्यासी थापाले १२ सदस्यीय आधिकारिक प्यानल सार्वजनिक गरेका छन् । थापा प्यानलमा आकाश गोल्छा, दिपेन्द्र कुमार मिश्रा, मोहन बाबु खड्का, कपिल शिवाकोटी, निराकार श्रेष्ठ, नारायण प्रसाद पौडेल, प्रकाश सिग्देल, प्रदिपमान प्रधान, ऋद्धि कार्की, संजय खेतान र शुभासिस थपलिया छन् । प्यानल घोषणा गरेलगत्तै पूर्वको भ्रमणमा निस्किएका थापाले झापाको विर्तामोड, इटहरी र विराटनगरका व्यवसायीसँग अन्तक्रिया गरिसकेका छन् । उनले ६ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरिसकेका छन् ।उता चौधरीको टिमले तिहारअघि नै पोखराबाहेक सबै ठाउँको भ्रमण सकिसकेको छ । नाडाका अधिकांश पदाधिकारीहरु महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सुरेन्द्र उप्रेती, प्रकाश कपुरी चौधरीको प्यानलबाट चुनाव लड्दै छन् ।