सुन्दरहरैँचा : एशिया महादेशका ३२ मुलुक जोड्ने ‘एशियाली राजमार्ग’ निर्माणको पहिलो चरण शुरू भएको छ।पहिलो चरणअन्तर्गत झापाको कमल गाउँपालिकाको सीतापुरीदेखि इटहरीको देवी खोलासम्मको पश्चिम खण्डमा रूख कटान शुरू भएको हो। त्यसमध्ये पश्चिम खण्डको सडक निर्माणको जिम्मा काठमाडौँको जैन सिआर, एफ जि टुडी कम्पनीले पाएको छ। एशियाली विकास बैंकको सहयोगमा एशियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक ४ लेनको काम अघि बढेको जैन सिआर, एफ जि टुडी कम्पनीका प्रत