बुटवलको विकासमा निकै महत्त्वाकाङ्क्षी मानिएको र उद्योगी व्यवसायीहरूले धेरै अपेक्षा गरेको बुटवल सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र निर्माणमा ढिलाइ भएको छ । २०७१ सालमा बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये १० बिघा क्षेत्रफलमा चरण–चरण विभाजन गरेर निर्माणको काम सुरु गरिए पनि अझै पुरा भएको छैन । ५ वर्षमा सक्ने लक्ष्य राखिएको सो केन्द्र ७ बितिसक्दा पनि पुरा गर्न सकिएको छैन ।बुटवल मण्डपमा बन्न लागेको आधुनिक प्रदर्शनी केन्द्र नेपालमै ठुलो भएको दाबी गर्दै ८ सय वटा स्टल राख्न मिल्ने गरी