राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि सरकारको नीति तथा कार्यक्रम माथिको छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र शुक्रबारका लागि दिन तोकिएको छ । आजको बैठकमा राष्ट्रियसभा सदस्य डा.विमला राई पौड्यालले नीति तथा कार्यक्रम सैद्धान्तिक रुपमा लामो रहेको उल्लेख गर्दै परिमार्जनको आवश्यकता औंल्याइन् । उनले नीति तथा कार्यक्रमले यसअघिका सरकारका राम्रा कामको न