राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल, ९ गते प्रधानमन्त्रीको जवाफ

काठमाडौं । राष्ट्रियसभा कार्य व्यवस्था समितिको बैठक सकिएको छ। बैठकमा सरकारले शुक्रवार संसदमा पेश गर्ने नीति तथा कार्यक्रमबारे छलफल भएको छ। नीति तथा कार्यक्रममाथि जेठ ७, ८ र ९ गते छलफल गर्ने सहमति भएको छ। तीन दिन छलफलपछि ९ गते नै उठेका प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची तय भएको जनाइएको छ।

सम्बन्धित सामग्री

संसद्‍मा प्रधानमन्त्रीको जवाफ– एक महीनाभित्र नागरिकता समस्या समाधान गर्छौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता विधेयक तत्कालीन राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा नागरिकतासम्बन्धी समस्या समाधान हुन नसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा जसपाका सांसद दीपक कार्कीले बाबुले वंशजको नागरिकता पाउँदा छोराछोरीले जन्मसिद्ध नागरिकता पाएका छन्, छिटो नागरिकता दिनेगरी व्यवस्था गर्न सकिन्छ कि सकिन्न ? भनी गरेको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले यस विषयमा छलफल गरिरहनुभएकाले समस्या समाधान हुने आशा गरिएको बताउनुभयो ।    यस विषयमा छलफलका क्रममा आएको सुझाव वा सङ्कल्प प्रस्तावमार्फत प्रमाणीकरण गर्न अनुरोध गर्ने वा मन्त्रिपरिषद्‍बाट निर्णय गरेर प्रमाणीकरण गर्न अनुरोध गर्नसक्ने विकल्पका बारेमा पनि परामर्श जारी रहेको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।  नागरिकतासम्बन्धी उक्त विधेयक मृत भन्ने तर्कलाई लिने अवस्थामा पनि पुनः शून्यबाट सदनमा प्रक्रिया शुरू गरी एक महीनाभित्र समाधान गरिने उहाँको प्रतिबद्धता थियो । प्रम नियुक्त हुँदा ६ महीनाभित्र नागरिकता समस्या समाधान गर्ने भनी दाहालले बोल्नुभएको विषय पनि सांसदहरूले स्मरण गराएका थिए ।   नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गरिने त्यसैगरी, प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दोषी कोही उम्कन नपाओस्, निर्दोष कोही नपरोस् भन्ने भावनाले सरकारले काम गरिरहेको उहाँले जानकारी गराउनुभयो । ‘स्वतन्त्र र निष्पक्षरूपमा सरकारले छानबिन गरिरहेको छ, अपराधीलाई कानुनको दायरामा ल्याउने काम भएको छ, यस विषयमा दृढतापूर्वक छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएको छु, शरणार्थी प्रकरण देशकै निम्ति गम्भीर र संवेदनशील विषय बनेकाले यसमा संलग्न कसैलाई पनि माफी दिइने छैन,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।  सांसद मेटमणि चौधरीका तर्फबाट सांसद शेरबहादुर कुँवरले नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्ष नेतृत्वको संलग्नता पुष्टि भए के गर्नुहुन्छ ? आर्थिक सङ्कटको समाधान कसरी गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले गलत काम गर्ने कसैले पनि छूट नपाउने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्री दाहालले मौसमी प्रणालीमा आधारित कृषि रहेकाले समयमै मल, बीउ उपलब्ध गराउन कृषि मन्त्रालयलाई निर्देशन दिएको बताउनुभयो । यस वर्षको नीति कार्यक्रम र बजेटमा पनि कृषिलाई प्राथमिकता दिइने उहाँको प्रतिबद्धता छ । जनमत पार्टीका तर्फबाट निर्वाचित सांसद अनिता देवीले धानको बीउ छर्ने बेला भइसक्यो, मल र बीउ एकैपटक पाइन्छ कि पाइन्न ? भन्ने प्रश्नको जवाफमा प्रम दाहालले मल कारखाना खोल्नेलगायत कार्यक्रमलाई आगामी वर्ष प्राथमिकतामा राखिएको बताउनुभएको थियो । भ्रष्टाचारमा सरकारको शून्य सहनशीलता प्रम दाहालले भ्रष्टाचारविरुद्ध सरकारले शून्य सहनशीलताको नीति लिएको बताउनुभएको छ । शरणार्थी प्रकरणमात्र होइन, सम्पत्ति शुद्धीकरणका ठूला घटनालगायत अन्य ठूला प्रकरणका बारेमा आवश्यक परेमा कानुन संशोधन गरेर पनि कारबाही हुने प्रतिबद्धता उहाँले जनाउनुभएको हो ।  सांसद सर्वेन्द्रनाथ शुक्लले भ्रष्टाचारविरुद्धका काम कारबाही फलदायीरुपमा अघि बढ्न सकेको छैन ? यसमा सरकारको कार्यक्रम के छ ? भन्ने प्रश्नको जवाफमा ‘अहिलेको अवस्थालाई सच्याउने अवसरका रुपमा सबै दल लाग्नुपर्ने अवस्थामा हामी छौं, देशमा सुशासनका लागि यो अवसरलाई गुम्न दिनुहुन्न,’ प्रम दाहालले भन्नुभयो ।    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार तयार छ प्रम दाहालले गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार तयार रहेको बताउनुभएको छ । सांसद गङ्गाराम चौधरीले विसं २०७२ मा टीकापुरमा भएको आन्दोलनमा पहिचानसहितको अधिकार माग गर्दा घुसपैठ गरी हिंसा गराइएकाले न्याय भयो त ? रेशम चौधरीलगायत अन्यायमा परेका विषयमा सरकारले के गर्छ ? भनी गर्नुभएको प्रश्नमा उक्त जवाफ दिनुभएको हो ।  सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न दिएको आदेश किन कार्यान्वयन भएन ? किन बाधा, अड्चन आयो ? भनी उहाँले प्रश्न राख्नुभएको थियो । टीकापुरलगायत पहिचानका लागि भएका अन्य आन्दोलनमा संलग्न बन्दीलाई रिहा गर्न विधेयक तयार भएको जवाफ प्रधानमन्त्री दाहालले दिनुभयो । रेशम चौधरीलाई रिहा गर्न कानुनी प्रक्रियाबाट नै सरकारले काम गरिरहेको उहाँको भनाइ थियो ।

ओलीलाई प्रधानमन्त्रीको जवाफ- इपिजी प्रतिवेदन तीन वर्षअघि किन नबुझेको ?

मंगलबार राष्ट्रपतिले संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम तीन दिनसम्मको छलफलपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित सरकारको नीति तथा कार्यक्रम संसद्मा बहुमतले पारित भएको छ । तीन दिनसम्म लगातार छलफलपछि शनिबार...

नीति तथा कार्यक्रम : सांसदका जिज्ञासामाथि प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमित स्रोत, साधनबीच पनि स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले छिटपुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रिया र परिणामलाई टिप्पणी गर्नु उपयुक्त नहुने बताए । उनले सार्वभौम जनता नै...

नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीको जवाफ

बेलायतकी महारानीको शैलीमा 'मेरो सरकार' भनेको भन्ने टिप्पणी गरेका मुख्य विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी ओलीले संसदमा कस्तो जवाफ फर्काए?

ओली र प्रचण्डलाई भेटेपछि संशोधन प्रस्ताव फिर्ता, उपेन्द्र यादव सरकारमा जान तत्पर

१३ जेठ, काठमाडौं । संघीय समाजवादी फोरमका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा राखेको संशोधन एकपछि अर्को गर्दैै फिर्ता लिए । प्रमुख विपक्षी कांग्रेससँगै राजपाले प्रधानमन्त्रीको जवाफमा चित्त बुझाएन तर, फोरमले सहजै फिर्ता लियो । धेरैलाई लाग्ला, प्रधानमन्त्रीको जवाफ चित्त बुझेर हो । तर, यति मात्र कारण होइन रहेछ । प्रधानमन्त्री केपी …

सरकारसँग फोरम आश्वस्त, राजपाको अझै चित्त बुझेन

१३ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफमा चित्त बुझाउने सन्दर्भमा मधेसवादी दल विभाजित भएका छन् । संघीय समाजवादी फोरमले प्रधानमन्त्रीको जवाफबाट आश्वस्त भएपछि नीति तथा कार्यक्रममाथिको संशोधन फिर्ता लिएको छ । तर राजपाले भने प्रधानमन्त्रीको जवाफ प्रष्ट नभएको भन्दै संशोधनलाई निणर्ायार्थ लैजान …

नीति तथा कार्यक्रममाथिको छलफल सकियो - Naya Patrika

प्रधानमन्त्रीको जवाफ आइतबार संसद्मा उपस्थिति कम भएकोमा सभामुखद्वारा ध्यानाकर्षण सरकारले संघीय संसद्मा पेस गरेको आर्थिक वर्ष ०७५/०७६ को नीति तथा कार्यक्रममाथिको छलफल शुक्रबार सकिएको छ । प्रतिनिधिसभामा ३ दिन र राष्ट्रिय...पूरा पढ्नुहोस् »