कर्णालीको प्रदेश सभामा चार समिति बनाउने प्रस्ताव तयार - Naya Patrika

कर्णाली प्रदेश सभामा चारवटा समिति बनाउने तयारी गरिएकोे छ । प्रदेश सभा नियमावली २०७४ को मस्यौदा समितिले सहमतिमै सभामुखलाई बुझाउने प्रतिवेदन तयार गर्न लागेको जनाएको छ । ११ फागुनमा माओवादी...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

अमृता थापा मगर प्रदेश सभामा उठ्न तयार, माओवादीले स्याङ्जा १ क मा उठाउने

२२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले महिला संघकी अध्यक्ष अमृता थापा मगरलाई प्रदेश सभाको उम्मेदवार बनाएको छ । २०६४ र २०७४ मा समानुपातिक सांसद रहेकी थापा मगर यसपटक प्रदेश सभामा उठ्न तयार भएकी हुन् । थापाले स्याङ्जा १ क बाट गठबन्धनका उम्मेदवार भई प्रतिस्पर्धा गर्न लागेकी छन् । उक्त क्षेत्रमा प्रतिनिधि सभातर्फ भने कांग्रेसले […]

पहिचान विनाको प्रदेशको नाम मान्य हुन्नः मुख्यमन्त्री राई

नेपाल आदिवासी जनजाति महासङ्घ झापाको सातौँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उनले पहिचानसहित प्रदेशको नामकरण गर्न यो प्रदेशसभा तयार नभएकाले प्रदेश नं १ को नामकरणको विषय जटिल बन्दै गएको बताए। यदि सभामा प्रदेशको नामकरणको विषय प्रवेश गर्‍यो र पहिच...

प्रतिनिधि सभा र प्रदेश सभामा २२ पद रिक्त

काठमाडौं, कार्तिक १८। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेका २२ पदका लागि एकै चरणमा उपनिर्वाचन गर्न तयार रहेको बताएको छ । राष्ट्रिय सभामा रिक्त १९ पदको उपनिर्वाचनसहित, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचन र स्थानीय तहको निर्वाचन गर्न तयारी थालेको निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन एकै चरणमा गर्न सकिने […]

प्रतिनिधि सभा र प्रदेश सभामा २२ पद रिक्त

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेका २२ पदका लागि एकै चरणमा उपनिर्वाचन गर्न तयार रहेको बताएको छ । राष्ट्रिय सभामा रिक्त १९ पदको उपनिर्वाचनसहित, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचन र स्थानीय तहको निर्वाचन गर्न तयारी थालेको निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन एकै चरणमा गर्न सकिने बताएको […] The post प्रतिनिधि सभा र प्रदेश सभामा २२ पद रिक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कर्णाली प्रदेश सभामा गैरसरकारी विधेयक

असोज १२, वीरेन्द्रनगर । कर्णाली प्रदेशसभामा गैरसरकारी विधेयकले प्रवेश पाएको छ । प्रदेशसभा सदस्य नरेश भण्डारीले ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ आइतवार प्रदेशसभा सचिवालयमा दर्ता गरेका हुन् ।  कर्णाली प्रदेशसभामा दर्ता भएको यो नै पहिलो गैरसरकारी विधेयक हो । कर्णाली सरकारका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका भण्डारीले गैरसरकारी विधेयक प्रादेशिक संरचनाको अभ्यासका क्रममा पहिलो पटक दर्ता भएको दाबी गरेका छन् । ‘सिंजा क्षेत्रभित्र रहेका विभिन्न सम्पदाको संरक्षणका लागि सरकारले आवश्यक कानून निर्माण गर्नुपर्थ्यो,’ प्रदेशसभा सदस्य भण्डारीले भने, ‘राज्यले नगरेका कारण मैले यस सम्बन्धी विधेयक दर्ता गरेको छु ।’ उक्त विधेयकमा सिंजा सभ्यता क्षेत्रका विषयवस्तु समेटिएको छ । विधेयक प्रदेश सभाबाट पारित भए त्यहाँको सामाजिक, आर्थिक, भाषिक, सांस्कृतिक धार्मिक, पुरातात्विक तथा पर्यटकीय पूर्वाधारहरूको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  विधेयकका मस्यौदाकार भण्डारी भन्छन्, ‘खस संस्कृतिको संरक्षण, प्रचारप्रसारका लागि विधेयक कोसेढुंगा सावित हुनेछ ।’ सिंजा सभ्यता विकासका लागि देशभभित्र तथा बाहिरबाट पनि सहायता जुटाउने काम पनि यही कानूनमार्फत गराउन मिल्ने गरी विधेयक दर्ता गरिएको उनले बताए । भण्डारीले तयार पारेको विधेयकमा सिंजा सभ्यता क्षेत्रभित्रका सम्पदाको पहिचान, खोजी तथा अनुसन्धान र त्यहाँको वातावरणीय सन्तुलन कायम राख्न आवश्यक काम गर्ने उदेश्य राखिएको छ । सामान्यतया विधेयकहरू सरकारले ल्याउने प्रचलन छ । तर, सांसदहरूले पनि विधेयक ल्याउन सक्ने व्यवस्था रहेको छ । त्यस्तो विधेयकलाई गैर–सरकारी विधेयक भन्ने गरिन्छ ।

प्रदेश २ : आज ४ बजे बजेट घोषणा, चालुभन्दा पुँजीगततर्फ बढी विनियोजन

जनकपुरधाम : प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि आज (मंगलबार) प्रदेश सभामा बजेट पेश गर्दैछ।प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले आज दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेट पुस्तिका (रातो किताब) तयार गर्ने काम राति अबेरसम्म भएको मन्त्रालयले जनाएको छ।मन्त्री यादवले कोरोना भाइरसको महामारी र त्यसबाट प्रभावित क्षेत्रलाई बजेटमा प्राथमिकता दिएको बताए। उनले भने, ‘बजेटमा कोरोना भाइरसबाट प

नरोत्तम वैद्य भन्छन्, ‘ओली प्रवृत्तिबाट आजित भएर आवेगमा आएँछु के !’

नेपाली काँग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले बागमती प्रदेश सभामा बोल्दै प्रधानमन्त्री केपी ओली विरुद्ध नाथुराम गोड्से हुन तयार रहेको अभिव्यक्तिलाई लिएर राजनीति तरङ्गित बनेको छ । शुक्रबार बागमती प्रदेश सभाको बैठकमा वैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए । नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए । यसै विषयमा वैद्यसँग गरिएको कुराकानीको सम्पादित अ

प्रदेश सभा सदस्य वैद्यको अभिव्यक्ति आपराधिक : एमाले

काठमाण्डाै - नेकपा एमालेले वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्ति आपराधिक भएको बताएको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति निकालेर वैद्यको भनाइको भर्त्सना गर्दै प्रधानमन्त्री ओलीको हत्या गर्न दिएको धम्कीलाई एमालेले अत्यन्त गम्भीर रुपमा लिएको बताउनुभएको छ । वैद्यको भनाइ फौजदारी कानुन आकर्षित हुने खालको भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैँ पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आप...