कर्णाली प्रदेश सभामा गैरसरकारी विधेयक

असोज १२, वीरेन्द्रनगर । कर्णाली प्रदेशसभामा गैरसरकारी विधेयकले प्रवेश पाएको छ । प्रदेशसभा सदस्य नरेश भण्डारीले ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ आइतवार प्रदेशसभा सचिवालयमा दर्ता गरेका हुन् ।  कर्णाली प्रदेशसभामा दर्ता भएको यो नै पहिलो गैरसरकारी विधेयक हो । कर्णाली सरकारका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका भण्डारीले गैरसरकारी विधेयक प्रादेशिक संरचनाको अभ्यासका क्रममा पहिलो पटक दर्ता भएको दाबी गरेका छन् । ‘सिंजा क्षेत्रभित्र रहेका विभिन्न सम्पदाको संरक्षणका लागि सरकारले आवश्यक कानून निर्माण गर्नुपर्थ्यो,’ प्रदेशसभा सदस्य भण्डारीले भने, ‘राज्यले नगरेका कारण मैले यस सम्बन्धी विधेयक दर्ता गरेको छु ।’ उक्त विधेयकमा सिंजा सभ्यता क्षेत्रका विषयवस्तु समेटिएको छ । विधेयक प्रदेश सभाबाट पारित भए त्यहाँको सामाजिक, आर्थिक, भाषिक, सांस्कृतिक धार्मिक, पुरातात्विक तथा पर्यटकीय पूर्वाधारहरूको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  विधेयकका मस्यौदाकार भण्डारी भन्छन्, ‘खस संस्कृतिको संरक्षण, प्रचारप्रसारका लागि विधेयक कोसेढुंगा सावित हुनेछ ।’ सिंजा सभ्यता विकासका लागि देशभभित्र तथा बाहिरबाट पनि सहायता जुटाउने काम पनि यही कानूनमार्फत गराउन मिल्ने गरी विधेयक दर्ता गरिएको उनले बताए । भण्डारीले तयार पारेको विधेयकमा सिंजा सभ्यता क्षेत्रभित्रका सम्पदाको पहिचान, खोजी तथा अनुसन्धान र त्यहाँको वातावरणीय सन्तुलन कायम राख्न आवश्यक काम गर्ने उदेश्य राखिएको छ । सामान्यतया विधेयकहरू सरकारले ल्याउने प्रचलन छ । तर, सांसदहरूले पनि विधेयक ल्याउन सक्ने व्यवस्था रहेको छ । त्यस्तो विधेयकलाई गैर–सरकारी विधेयक भन्ने गरिन्छ ।

सम्बन्धित सामग्री

मुख्यमन्त्रीको राजीनामा माग्दै कर्णाली प्रदेश सभा बाहिर प्रदर्शन

३१ असार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको राजीनामा माग्दै प्रदेश सभा बाहिर प्रदर्शन गरिएको छ । नेकपा माओवादीका नेता एवं पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेश सभामा दर्ता गराएका गैरसरकारी विधेयक पारित गर्न सरकारले आनाकानी गरिरहेको भन्दै प्रदेशसभा अगाडि विरोध प्रदर्शन भएको छ । प्रदर्शनलाई प्रहरीले हस्ताक्षेप गर्न खोजेपछि केहिबेर प्रदेश सभाअघि […]

पूर्वकानूनमन्त्री भण्डारीले किन मागे मुख्यमन्त्री शाहीको राजीनामा ? (भिडिओ)

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मुख्यमन्त्री जीवनबहादुर शाहीको राजीनामा मागिएको छ । नेकपा माओवादीका नेता एवं पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश सभामा दर्ता गराएका गैरसरकारी विधेयक पारित गर्न सरकारले आनाकानी गरिरहेको भन्दै आज प्रदेशसभा अगाडि विरोध प्रदर्शन गरेका हुन् । नेता भण्डारीका अनुसार आज जुम्लामा समेत विरोध प्रदर्शन गरिएको छ । […]

‘सुत्केरी आमा बचाउने गैरसरकारी विधेयक प्रदेश सभामा दर्ता गराउँछु’

सुत्केरी अवस्थामा आवश्यक हेरचाह पाउनु महिलाको प्रजनन स्वास्थ्यसँग जोडिएको प्राकृतिक अधिकार हो । यसलाई हाम्रो समाजले अन्धभक्त तरिकाले अस्वीकार गरेको छ । हामीले मानवीय ढंगले सोच्नुपर्छ । आजको आधुनिक युगमा सुत्केरी व्यथा सामान्य बन्दै गएका छन् । तर पनि कर्णाली प्रदेश रुढिग्रस्त परम्पराबाट गुज्रिएको छ । जसले गर्दा जातीय विभेद, छाउप्रथा र सुत्केरी छाउका समस्या […]

कर्णालीको 'सिंजा सभ्यता' जोगाउन कानुन

सुर्खेत - नेपाली भाषाको उद्गम स्थल मानिने जुम्लाको सिंजाको सभ्याता विकास गर्नको लागि कानुन बनाइने भएको छ । जसको लागि कर्णाली प्रदेश सभा सचिवालयमा ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ दर्ता गरिएको छ ।  यो विधेयक संघीयतापछिको प्रदेशमा दर्ता भएको पहिलो गैरसरकारी विधेयक पनि हो । कर्णाली प्रदेश…

कर्णालीको 'सिंजा सभ्यता' जोगाउन कानुन

सुर्खेत - नेपाली भाषाको उद्गम स्थल मानिने जुम्लाको सिंजाको सभ्याता विकास गर्नको लागि कानुन बनाइने भएको छ । जसको लागि कर्णाली प्रदेश सभा सचिवालयमा ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ दर्ता गरिएको छ ।  यो विधेयक संघीयतापछिको प्रदेशमा दर्ता भएको पहिलो गैरसरकारी विधेयक पनि हो । कर्णाली प्रदेश…

कर्णाली प्रदेश सभा सचिवालयमा पहिलो गैरसरकारी विधेयक दर्ता

कर्णाली प्रदेश सभा सदस्य तथा प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आइतबार सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८ दर्ता गरेका हुन्।