केन्द्रको राजनीतिबारे कर्णाली प्रदेश सभामा बहस- जनमतको दबाबका कारण चुनावी माहोल बन्यो

केन्द्रदेखि प्रदेशका संसदमा अवरोध गरिरहेको नेकपा एमालेले कर्णाली प्रदेश सभाको बैठक सञ्चालनमा सहयोग गरेको छ ।  आइतवार शुरू कर्णाली प्रदेश सभाको अधिवेशनमा एमालेले बैठक चलाउन सघाएको हो ।  आइतवार बसेको प्रदेश सभा बैठकको पहिलो बैठकमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले एमालेले उठाउने कैयौँ विषय बाँकी रहे पनि सदन सञ्चालनमा सघाउन तयार रहेको बताए ।  कँडेलले जनमतको दबाबका कारण हिजोदेखि स्थानीय तहको चुनाव हुने परिस्थिति देखिएको बताए । ‘स्थानीय तहको समयावधि सकिँदै थियो, गठबन्धनले...