काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहित पौडेलले पपुवा न्युगिनीसँगको पहिलो ओडिआई खेलमा कीर्तिमानी अर्धशतक पूरा गरेका छन् । २ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २८ ओभरमा ४ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको छ । नेपालका लागि रोहित ५४ बलमा ३ चौका र १ छक्कासहित ५० रनमा अविजित छन् । […]