काठमाण्डाै – नेपाली कांग्रेसले ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको देशका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिनुभएको हो ।चुरे दोहन गरेर, पानीको स्रोत सुकाएर व्यापार घाटा न्यून गर्ने नारा खरानीको व्यापार गर्न घर जलाएजस्तै भएको कांग्रेसले बताएको छ । विगतमा चुरे क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिँदा त्यसले पानीका स्रोतहरू&nbs...