काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को सोमवार बसेको कार्यसमितिको बैठकले ललितपुर एन्फाका अध्यक्ष पुरुषोत्तम थापालाई कारबाही गर्ने यसअघिको निर्णयलाई अनुमोदन गरेको छ।
‘एन्फा डे’को उपलक्ष्यमा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले दिएको शुभकामना सन्देशमा अभद्र टिप्पणी गरेको भन्दै एन्फाले उनलाई स्पष्टीकरण सोधेको थियो। तर, उनले दिएको स्पष्टीकरणमा चित्त नबुझेको