कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपका कयौ देश पुनः लकडाउन लगाउन बाध्य भएका छन् । तर संयुक्त अरब इमिरेट्स (यूएई) एक यस्तो देश हो जसमा ओमिक्रोनको धेरै असर पारेको छैन ।खाडीको यो देशले विश्वरभरिका पर्यटकका लागि आफ्नो ढोका खुला गरेको छ ।यूएई यस विश्वव्यापी महामारीको समयमा आफ्नै खोपको राम्रो व्यवस्थाका साथै व्यापक र सस्तो टेस्टिङ सुविधाका कारण विश्वका अन्य देशको तुलनामा कोरोनासँग राम्रो तरिकाले जुझिरहेको छ ।यूएई हाल ब्लूमबर्गको कोभिड रेजिलियन्स वरियतामा शीर्ष देशको सूचीमा रह