काठमाडौं : विश्वको सबैभन्दा खुसी देशको सूचीको पहिलो नम्बर फिनल्यान्ड रहेको छ। वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ अनुसार सूचीमा परेका १४६ देशमध्ये फिनल्याण्ड पहिलो नम्बरमा परेको हो। योसहित फिनल्याण्ड पाँचौपटक पहिलो नम्बरमा पर्न सफल भएको हो।विश्व खुसी प्रतिवेदनले प्रतिव्यक्ति आम्दानी, कुल गार्हस्थ उत्पादन (जिडिपी), स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचार सूचकलगायतलाई आधार मानेर सूची तयार पार्छ। सूचीमा दोस्रो खी देश डेनमार्क, तेस्रो आइसल्यान्ड, चौथो स्वीट्जरल्यान्ड‚ पाँच