बीमा अभिकर्तालाई कर्जा दिन रोक

बीमा समितिले बीमा अभिकर्ताहरूलाई कर्जा दिने विषयमा नीतिगत रूपमै रोक लगाएको छ । समितिले संस्थागत सुशासनसम्बन्धी निर्देशिका संशोधन गर्दै बीमा कम्पनीबाट अभिकर्ताहरूलाई दिइने कर्जामा रोक लगाएको हो ।अभिकर्तालाई कर्जा प्रदान गर्ने व्यवस्था बीमा व्यवसायमा अनुत्पादक भएको बताउँदै समितिले यसमा रोक लगाएको हो । र, यसअघि जीवन बीमा कम्पनीहरूले आफ्ना बहालवाला अभिकर्तालाई कर्जा दिन सक्ने व्यवस्था थियो । समितिले अहिले आएर उक्त व्यवस्थालाई हटाएको हो ।समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले अब कम्पनीहरूले अभिकर

सम्बन्धित सामग्री

निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय सामान्य वृद्धि

चालू आर्थिक वर्ष (आव) को फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा नगन्य सुधार देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आवको फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरूले २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गत आवको यसै अवधिमा कम्पनीहरूले २५ अर्ब ८७ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए । चालू आवको पहिलो ८ महीनामा १ दशमलव १२ प्रतिशत मात्र बीमाशुल्क वृद्धि गर्न निर्जीवन बीमा कम्पनीहरू सफल भएका छन् । फागुनसम्ममा सबैभन्दा बढी व्यवसाय गर्नेमा शिखर इस्योरेन्स रहेको छ । शिखरले यस अवधिमा ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ । यसै गरी सबैभन्दा कम व्यवसाय नेशनल इस्योरेन्सको ७६ करोड १३ लाख रुपैयाँ रहेको छ । फागुनमा भने निर्जीवन बीमा कम्पनीहरूले अघिल्लो महीनाको तुलनामा राम्रो बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार माघमा लघुबाहेकका १४ ओटा निर्जीवन बीमा कम्पनीले २ लाख ४५ हजार बीमालेख विक्रीबाट ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । माघको तुलनामा कम्पनीहरूको बीमाशुल्क फागुनमा १६ दशमलव ९० प्रतिशतले वृद्धि भएको हो । माघमा उनीहरूले ३ अर्ब १२ करोड ७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । सोमवार जीवन बीमा कम्पनीहरूको व्यवसाय घटेको तथ्यांक प्राधिकरणले सार्वजनिक गरेको थियो । यसैगरी चालू आवको फागुनसम्ममा निर्जीवन लघुबीमा कम्पनीहरूले १० करोड ३३ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन् । यस अवधिसम्म कम्पनीहरूले ४५ हजार ३५८ ओटा बीमालेख जारी गरेका छन् । हाल नेपाल, प्रोटेक्टिभ र स्टार माइक्रो गरी तीनओटा कम्पनीले निर्जीवन लघुबीमा व्यवसाय गर्दै आएका छन् । त्यसमध्ये सबैभन्दा बढी व्यवसाय गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । फागुनसम्ममा यसले ४ करोड ९० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसै अवधिमा प्रोटेक्टिभले ३ करोड ४८ लाख र स्टारले १ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले बताएको छ ।  आर्थिक शिथिलतासँगै बैंक, वित्तीय संस्थाको कर्जा प्रवाहमा कमी र व्यावसायिक गतिविधिसमेत प्रभावित भएपछि बीमा कम्पनीको व्यवसाय घट्दै आएको थियो । पछिल्लो समयमा बैंकमा बढेको तरलता, राष्ट्र बैंकको लचिलो मौद्रिक नीतिसँगै पुसयता बीमा व्यवसायमा पनि केही सुधार हुन थालेको बीमक बताउँछन् ।

बीमा र यान्त्रिक परीक्षण नगरेका बस चलाउन नपाइने

काठमाडौं। चाडपर्वको बेलामा बीमा र यान्त्रिक परीक्षण नगरेका बस चलाउन नपाइने भएको छ। सरकारसँग सहमति भएसँगै डा.गोविन्द केसीले अनसन तोड्ने भएका छन्। कर्णालीका नौ हजार बढी उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन्। चन्द्रागिरी नगरपालिकाले कृषि तथा मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ। नेपाली चलचित्र प्रेम गीत–३ले भारतमा पहिलो दिन नै डेढ करोढ रुपैयाँ कमाई गरेको छ।

यस्ता छन् मौद्रिक नीतिले कर्जा प्रवाहमा गरेको व्यवस्था

नेपाल राष्ट्र बैंकले चालू वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै उत्पादनमूलक र व्यापारिक क्षेत्रमा भिन्न–भिन्नै ब्याजदर कायम गरेको छ । राष्ट्र बैंकले चालू वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले कर्जासम्बन्धी केही नयाँ व्यवस्था समेत गरेको छ ।यस्ता छन् मौद्रिक नीतिमा कर्जा सम्बन्धी व्यवस्थाबैंक तथा वित्तीय संस्थाले कर्जाको लागि सुरक्षण राखिएको सम्पत्तिको बीमा गराउँदा बीमा दावीले कर्जा रकम खाम्ने गरी बीमा गराउनु पर्ने व्यवस्था गरिनेछ । बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ५ करोड रुपैयाँसम्म कर्

बीमा कम्पनीबाट अभिकर्तालाई दिइने कर्जामा रोक

काठमाडौं, पुस २३ । बीमा समितिले बीमा अभिकर्ताहरूलाई कर्जा दिने विषयमा नीतिगत रूपमै रोक लगाएको छ । समितिले संस्थागत सुशासनसम्बन्धी निर्देशिका संशोधन गर्दै बीमा कम्पनीबाट अभिकर्ताहरूलाई दिइने कर्जामा रोक लगाएको हो । अभिकर्तालाई कर्जा प्रदान गर्ने व्यवस्था बीमा व्यवसायमा अनुत्पादक भएको बताउँदै समितिले यसमा रोक लगाएको हो । र, यसअघि जीवन बीमा कम्पनीहरूले आफ्ना बहालवाला […]

नेपाल बैंक र राष्ट्रिय बीमा संस्थान बीच सेवाग्राही कर्जा सम्बन्धी सम्झौता

मंसिर १५, काठमाडौं । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थान बिच राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरुलाई बिना धितो रू. १५ लाखसम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।  यो सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले राष्ट्रिय बीमा संस्थानको सिफारिसको आधारमा त्यहा कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध गराउने छ । नेपाल बैंकको प्रधान कार्यालयमा आयोजित एक समारोहमा बुधवार उक्त सम्झौता सम्पन्न भएको छ ।   नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकको रोहवरमा नेपाल बैंक लिमिटेडका तर्फबाट काठमाडौं बैंकिङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बीमा संस्थानका तर्फबाट व्यवस्थापक भोलानाथ घिमिरेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।  उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेल, रिटेल कर्जा विभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ्ग तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेलका साथै राष्ट्रिय बीमा संस्थानका तर्फबाट सह–व्यवस्थापक रेशमकृष्ण सोम पौडेल, सह–व्यवस्थापक शिशिर चन्द्र देवकोटा र सहायक ब्यवस्थापक आशिष राई लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।  उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक र राष्ट्रिय बीमा संस्थान बिच धेरै पुरानो र अत्यन्त प्रगाढ सम्बन्ध रहेको स्मरण गर्दै सेवाग्राही कर्जाको यो सम्झौताबाट राष्ट्रिय बीमा संस्थानका सम्पूर्ण कर्मचारीहरु लाभान्वीत हुने विश्वास व्यक्त गरे ।

नेपाल बैंक र बीमा संस्थानबीच सेवाग्राही कर्जासम्बन्धी सम्झौता

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानबीच संस्थानका कर्मचारीहरूलाई बिना धितो १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंक लिमिटेडले राष्ट्रिय बीमा संस्थानको सिफारिसको आधारमा त्यहाँ कार्यरत कर्मचारीहरूलाई बिनाधितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउनेछ ।सम्झौतापत्रमा नेपाल बैक लिमिटेडका काठमाडौं बैंकिङ् अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बीमा संस्थानका तर्फबाट व्यवस्थापक भोलानाथ घिमिरेले हस्ताक्षर गरेका हुन् । सम्झौता कार्यक्रममा नेपाल

बैंकको कर्जा प्रवाह बढ्दा निर्जीवन व्यवसायमा वृद्धि

काठमाडौं, साउन १३। गत आर्थिक वर्ष २०७७/७८ मा निर्जीवन बीमा कम्पनीहरूले ३१ अर्ब ७० कुन बीमाशुल्क संकलन गरेका छन् । गत आवमा २७ लाख ३१ हजार ७७३ ओटा बीमालेख विक्री गरेर निर्जीवन बीमा कम्पनीहरूले त्यस बराबरको बीमाशुल्क संकलन गरेका हुन् । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालन छन् । गत आवमा उनीहरूले त्यस बराबरको […]

बीमा समितिको निर्देशनमा विवाद : कम्पनीहरूले रोके सरेन्डर प्रक्रिया

बीमा कम्पनीहरूले जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ को बहाना बनाउँदै बीमितहरूलाई कर्जा दिन तथा पोलिसी सरेन्डर गर्न रोक लगाएको पाइएको छ । विभिन्न जीवन बीमा कम्पनीहरूले उक्त निर्देशिकाको बहाना बनाउँदै बीमितहरूलाई बीमालेख धितो कर्जा तथा पोलिसी सरेन्डर गराउन रोक लगाएका हुन् ।गत असार २३ गते बीमा समितिद्वारा जारी निर्देशिकामा बीमालेख लागू भएको ३ वर्षसम्म सरेन्डर तथा कर्जा दिन नपाइने व्यवस्था छ । पहिला भने बीमालेख लागू भएको २ वर्षपछि मात्र पोलिसी सरेन्डर गर्न र कर्जा लिन पाइने व्यवस्था थियो ।नयाँ नि

बीमा अभिकर्ताहरूलाई रू. ८ अर्ब ७१ करोड कर्जा प्रवाह

काठमाडौं । जीवन बीमा कम्पनीहरूले अभिकर्ताहरूलाई रू. ८ अर्ब ७१ करोड ५० लाखभन्दा बढी कर्जा प्रवाह गरेको पाइएको छ । बीमा समितिबाट प्राप्त तथ्यांकअनुसार बीमा कम्पनीहरूले अभिकर्ताहरूलाई त्यस बराबरको कर्जा प्रवाह गरेको देखिएको हो । गत वैशाख २ गतेसम्ममा कम्पनीहरूले त्यस बराबरको कर्जा प्रवाह गरेका हुन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा निजीक्षेत्रका १८ कम्पनीले अभिकर्तालाई त्यस बराबरको कर्जा प्रवाह गरेका हुन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले भने यससम्बन्धी तथ्यांक बीमा समितिमा पेश गरेको छैन । समितिले बीमा अभिकर्ताहरूलाई नयाँ कर्जा दिन रोक लगाएर प्रवाहित कर्जा पनि असुल गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको थियो जसको अभिकर्ताहरूले विरोध गरेका छन् । बीमा समितिले गत वैशाख २ गते एक परिपत्र जारी गर्दै अभिकर्तालाई कर्जा दिन रोक लगाएको थियो भने प्रवाहित कर्जा असारभित्र नै असुल गर्न निर्देशनसमेत दिएको थियो । अभिकर्तालाई कर्जा प्रवाह गर्ने मामलामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्र स्थानमा देखिएको छ । कम्पनीले अभिकर्ताहरूलाई रू. ५ अर्ब ४१ करोड ६८ लाख कर्जा दिएको छ । दोस्रोमा नेशनल लाइफले रू. १ अर्ब ८३ करोड ३७ लाख कर्जा प्रवाह गरेको छ । अन्य कम्पनीहरूले भने १ अर्ब रुपैयाँभन्दा कम मात्रामा कर्जा प्रवाह गरेका छन् । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कर्जा अध्ययन गर्ने क्रममा अभिकर्ताहरूले कम्पनीबाट त्यस बराबरको कर्जा लगेको देखिएको बताए । जीवन बीमक संघका अध्यक्ष तथा मेट लाइफका प्रमुख कार्यकारी अधिकृत निर्मलकाजी श्रेष्ठले पनि समितिको निर्देशनअनुसार उक्त कर्जा असुल गर्ने बताए । प्राइम लाइफका सीईओ मनोजकुमार भट्टराईले पनि अभिकर्तालाई प्रवाह गरेको कर्जा असुल गरिने बताए । तर, अभिकर्ताहरूलाई कर्जा दिन रोक लगाउन भने नहुने उनको भनाइ छ । ‘सैद्धान्तिक रूपमा अभिकर्ताहरूलाई कर्जा दिन मिल्दैन, त्यसमा हामी सहमत छौं । तर, व्यावहारिक रूपमा भने यसलाई खुला गर्नुपर्छ,’ उनले भने, ‘विभिन्न मापदण्ड तोकेर समितिले यसलाई खुला गर्नुपर्ने देखिन्छ ।’ नीति तथा सिद्धान्तलाई समयअनुसार परिमार्जन गर्दै जानुपर्ने उनको भनाइ छ ।