बीमा र यान्त्रिक परीक्षण नगरेका बस चलाउन नपाइने

काठमाडौं। चाडपर्वको बेलामा बीमा र यान्त्रिक परीक्षण नगरेका बस चलाउन नपाइने भएको छ। सरकारसँग सहमति भएसँगै डा.गोविन्द केसीले अनसन तोड्ने भएका छन्। कर्णालीका नौ हजार बढी उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन्। चन्द्रागिरी नगरपालिकाले कृषि तथा मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ। नेपाली चलचित्र प्रेम गीत–३ले भारतमा पहिलो दिन नै डेढ करोढ रुपैयाँ कमाई गरेको छ।

सम्बन्धित सामग्री

देशभर रुट परमिट खुला, बीमा र यान्त्रिक परीक्षण नभएका गाडीले रुट परमिट नपाउने

काठमाण्डाै - आजदेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला भएको छ । दशैँमा यात्रुको ओहोरदोहोरलाई सजिलो बनाउनका लागि रुट परमिट खुला गरिएको हो । यसरी एक रुटमा चल्ने गाडी अर्को रुटमा चल्दा दुर्घटनाको जोखिम धेरै हुने भएकाले आजदेखि गाडीको अनुगमन र यान्त्रिक परीक्षणमा कडाइ गरिएको छ । आजदेखि धेरै सङ्ख्यामा यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिने हुँदा परीक्षणमा कडाइ गरिएको हो । यान्त्रिक परीक्षण विना काठमाण्डाै उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका कुनै पनि गाडी चलाउन नपाइने ...

बीमा र यान्त्रिक परीक्षण नगरेका बसलाई गुड्न नदिने सरकारको निर्णय

सरकारले बीमा र यान्त्रिक परीक्षण नगरेका यात्रुवाहक सवारी साधन गुडाउन रोक लगाउने भएको छ । दसैं/तिहारलगायत ठूला चाडपर्व नजिकिएसँगै सवारी दुर्घटना र जनधन क्षति हुन थालेको भन्दै गृह मन्त्रालयद्वारा गठित समितिले बीमा नगरेका यात्रुवाहक सवारी साधन गुडाउन र यान्त्रिक परीक्षण नगरी सवारी गुडाउन रोक लगाउने निर्णय गरेको हो ।