काठमाडौं । सोसल-कमेडी फिल्म ‘महाजात्रा’ले दोस्रो शनिबारसम्म नेपाली र अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक व्यापार गरेको छ । निर्माता कम्पनी षट्कोण आर्ट्सले फिल्मको दोस्रो सप्ताहन्तसम्मको कलेक्सन सार्वजनिक गरेको हो । घरेलु बजारमा चैत ९ गते रिलिज भएको फिल्मले पहिलो र दोस्रो दुवै सप्ताहन्तमा आक्रामक व्यापार गर्यो । पहिलो साता परेको फागुपूर्णिमा बिदामा कमाइमा उछाल आएको देखिएको छ […]