चलचित्र निर्माता बसन्त शर्माको निधन

काठमाडौं । चलचित्र निर्माता बसन्त शर्माको निधन भएको छ । मंगलबार हृदयघातका कारण ४२ वर्षको उमेरमा निर्माता शर्माको निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । नवलपरासी गैडाकोटको आफ्नै घरमा निर्माता शर्माको निधन भएको हो । निर्माता शर्माले पिजडा ब्याक अगेन, मेरो आफ्नो र वीरबहादुर दङ्ग पर्छ फिल्म निर्माण गरेका थिए ।