७ मंसिर, जनकपुरधाम । सर्लाही प्रहरीले बलात्कार प्रयासको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ब्रहमपुरी गाउँपालिका वडा-७ नोकैल्वामा एक महिलामाथि बलात्कारको प्रयास गर्ने सोही ठाउँका ३८ बर्षीय श्यामसुन्दर यादवलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । यादवले ५ कात्तिकमा ती महिलासँग बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । […]