माघ ६, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रू. २६ करोड १८ लाख २२ हजार खुद नाफा गरेको छ ।
बिहीवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ५८ दशमलव ८७ प्रतिशत बढेको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १६ करोड ४८ लाख ५ हजार मात्र खुद नाफा गरेको थियो । यस वर्ष सञ्चालन नाफा ६८ प्रतिशत वृद्धि भएकाले कम्पनीको खुद नाफामा पनि राम्रो वृद्धि देखिएको हो ।
गत वर्ष रू. २२ करोड २४ लाख ७९ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ३७ करोड ४१ लाख २८ हजार यो नाफा गरेको हो । यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा ११८ दशमलव ७० प्रतिशत वृद्धि भई रू. १८ करोड ४ लाख २६ हजार कायम भएको छ ।
१० प्रतिशत बोनस शेयर मार्फत् पूँजी बढाएर रू. ३ अर्ब १ करोड ६ लाख ६९ हजार पुगेको कम्पनीको जगेडा कोष रकम रू. ७२ करोड ४२ लाख ७८ हजार र रिटेन्ड अर्निगमा रू. २० करोड ८२ लाख ४३ हजार छ ।
यस वर्ष जगेडा कोष रकम ९ दशमलव ८१ प्रतिशत बढेको छ भने रिटेन्ट अर्निग ३४ दशमलव शून्य ८ प्रतिशत घटेको छ । कम्पनीले यस वर्ष ९ दशमलव ८८ प्रतिशत बढी रू. ४५ अर्ब ९२ करोड ५४ लाख ९९ हजार निक्षेप संकलन गरेको छ भने २२ दशमलव ४४ प्रतिशत बढी रू. ४० अर्ब ४६ करोड ५ लाख ७० हजार कर्जा प्रवाह गरेको छ ।
गत वर्ष २ दशमलव ४३ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर १ दशमलव १५ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. रू. १७ दशमलव ३९ र प्रतिशेयर नेटवर्थ रू. १३० दशमलव ९७ रहेको छ ।
स्रोतः बैंकद्वारा जारी दोस्रो त्रैमाससम्मको वित्तीय विवरण