सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सोमबार दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाट भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।उक्त सम्झौता पत्रमा बैंककातर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनर सीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् । बैंकको कार्ड प्रयोग कर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेक