काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्री बनाउने विषय कार्यपालिकाको भएको र त्यसमा प्रधानन्यायाधीशको कुनै पनि हात नभएको बताएका छन्। सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले सोमबार प्रधानन्यायाधीशले मन्त्रालय बाँडफाँटका विषयमा भाग खोजेको भन्ने विषयमा आएको समाचारप्रति ध्यानाकर्षण गराउन गएको टोलीसँग प्रधानन्यायाधीश राणाले सो कुरा बताएका हुन्। ‘पदमा बसेपछि कमी कमजोरी हुन्छ,’ उनले भने, ‘म आफ्नो बाटो हिँड्दा उहाँहरूलाई कुबाटो लाग्छ। यो