कोभिड–१९ का कारण देशको अर्थतन्त्र अति प्रभावित छ । अर्थतन्त्रका समग्र सूचकहरू उत्साहप्रद छैनन् । गत आर्थिक वर्ष २०७७/७८ मा खर्च र राजस्वको संशोधित लक्ष्य पूरा गर्न पनि सरकार असफल भएको छ । अर्थतन्त्र सङ्कुचित हुँदा आन्तरिक मात्र नभई बाह्य परिस्थितिमा पनि सुधार देखिँदैन ।
गत आर्थिक वर्षमा अर्थतन्त्रको बाह्य क्षेत्रअन्तर्गतको विदेशी लगानी पनि प्रभावित रह्यो । विदेशी लगानीका लागि आधारभूत कानुनी सुधारबाट अघि बढेको सरकारका लागि त्यसको लाभ लिने समयमा कोभिड–१९ तगारो बनेको छ अर्थात् नेपाल भित्रने विदेशी लगानी गत आवमा घटेको छ ।
...