नेपाली काँग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको १४ औँ महाधिवेशनमा आर्थिक प्रतिवेदन पेश गरेकी छन् । प्रतिवेदनमा आर्थिक वर्ष २०७२–७३ देखि २०७७–७८ देखिको आय व्यय विवरण प्रस्तुत गरिएको ५ । पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण लेखापरीक्षक एनएसए एन्ड एसोसिएटले गरेको थियो । पछिल्लो आय व्यय विवरणअनुसार पार्टीले ११ करोड २१ लाख ११ हजार २२१ रुपैयाँ कूल आय गरेको उल्लेख छ । जसमा ९ करोड २४ लाख ९४ हजार ९९४ रुपैयाँ दस्तुर र नवीकरणबाट प्राप्त भएको प्रतिवेदनमा भनिएको छ । त्यस्तै, १ करोड ३ लाख