संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशाला बतास समूहबाट फिर्ता लिने निर्णय गरेका छन् ।
मन्त्री आलेले मंगलवार मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फर्म बतास समूहसँग सम्झौता रद्द गर्ने निर्णय गरेका हुन् ।
‘छानबिन समितिले गरेको सिफारिसको आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेको हुँ,’ मन्त्री आलेले लोकान्तरसँग भने ।
मन्त्रीकै निर्देशनमा पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भ...