नेकपा माओवादी केन्द्रले युरोपका १९ देशमा संगठन विस्तार गरेको छ । सात देशमा निकट भविष्यमै संगठन विस्तार गर्ने सो पार्टीले जनाएको छ । नेकपा माओवादी केन्द्रका अनुसार महाधिवेशन अघि नै युरोपका १९ देशहरुमा अधिवेशन गरेर नयाँ कमिटी बनाएको हो । नेकपा माओवादी केन्द्र प्रवास समिति प्रमुख निर्वाचन आयुक्त समेत रहेका सुरेन्द्र नेपाल श्रेष्ठका अनुसार ती देशहरुमा जनप्रगतिशील मञ्चका नाममा १९ देशमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको हो । जसमा जर्मनीको