मिथिला मध्यमा परिक्रमा (फोटो फिचर)

मिथिलाको महाकुम्भ मानिने धार्मिक तथा ऐतिहासिक १५ दिवसीय मिथिला मध्यमा परिक्रमा अन्तर्गत जनकपुरधाममा अन्तः गृह परिक्रमा हुँदै छ । विगतमा कोरोना महामारीले प्रभावित हुँदै आएको मिथिला मध्यमा परिक्रमामा यसपटक तीर्थालुहरुको ठूलो सहभागिता छ ।बिहीबार मध्यरातमै जनकपुरधामको अधिकांश चोकमा दाउरा, काठलाई एकत्रित गर्दै होलिकाको प्रतीक बनाएर दहनसँगै अन्तःगृह परिक्रमा सुरु भएको हो । यस मिथिला मध्यमा परिक्रमाको अन्तिम परावको रुपमा जनकपुरधामको अन्तःगृह परिक्रमामा हजारौं भक्तालुहरु सहभागी भएका छन् ।जनकपुरधामको मिल

सम्बन्धित सामग्री

मिथिला मध्यमा परिक्रमा यात्री जनकपुरधाम फर्किन थाले (तस्बिरहरू)

जनकपुरधाम- मिथिलाञ्चलको महाकुम्भको रूपमा मानिने मिथिला मध्यमा परिक्रमा यात्री जनकपुरधाम फर्किन थालेका छन्। लामो दूरीको धार्मिक पदयात्रा मिथिला मध्यमा परिक्रमाका सहभागीहरू आइतबार जनकपुरधाम फर्किन थालेका हुन्। धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला र जनकपुरधामबाट किशोरीजीको डोलासहित जनकपुरधामको हनुमाननगरमा पुगेर विधिवत सुरु भएको परिक्रमा नेपाल-भारतका विभिन्न स्थानको परिक्रमा गर्दै जनकपुरधाम फर्केको छ। बिसौलमा विश्राम […]

मिथिला मध्यमा परिक्रमा यात्री मटिहानीमा, नगरमा सार्वजनिक बिदा

जनकपुरधाम – मिथिलाको महाकुम्भ भनिने मिथिला मध्यमा परिक्रमा यात्री महोत्तरीको मटिहानी पुगेका छन्। धनुषाको विदेहनगरपालिका स्थित कचुरीबाट निस्केको पन्ध्रदिने धार्मिक तथा ऐतिहासिक पद यात्रा मिथिला मध्यमा परिक्रमा अन्तरगत चौंथो दिन महोत्तरीको मटिहानी पुगेको हो। आइतबारबाट सुरु भएको मिथिला मध्यमा परिक्रमा चौथो दिन मटिहानी पुगेको हो। कचुरीबाट निस्केका परिक्रमा यात्रीहरु जनकपुरधामको हनुमानगढी, भारतको कल्नाबाट फुलहर एवं […]

मिथिला मध्यमा परिक्रमा यात्रा विधिवत रूपमा सुरू

काठमाडाैं । मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा यात्रा विधिवत रूपमा सुरु भएको छ । गत बिहीबारबाट सुरु भएको परिक्रमा अहिले पनि जारी रहेको हो । धनुषाको मिथिला बिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत […]

१५ दिने मिथिला मध्यमा परिक्रमा भोलिदेखि

जनकपुरधाम – मिथिला मध्यमा परिक्रमा सोमबारदेखि सुरु हुँदैछ। मिथिलाको महाकुम्भको रुपमा रहेको मिथिला मध्यमा परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिका कचुरीस्थित मठबाट डोला निस्केसँगै सुरु हुनेछ। परिक्रमाको सबै तयारी पूरा भएको र सोमबार बिहान ७ बजे मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको उपस्थितिमा डोला उठ्ने बृहतर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साहले जानकारी दिए। जनकपुरधामस्थित अग्निकुण्डबाट […]

मध्यमा परिक्रमा आज सम्पन्न हुँदै

जनकपुर । १५ दिने मिथिला मध्यमा परिक्रमा आज बिहीबार सम्पन्न हुँदैछ । बिहीबार साँझ जनकपुरधामको अन्तगृह परिक्रमा गर्दै विधिवत रुपमा सम्पन्न हुने मिथिला बिहारी मठले जनाएको छ । फागुन शुक्ल प्रतिपदादेखि सुरू भई फागुन पूर्णिमासम्म गरिने यो परिक्रमामा भक्तजनहरुले नेपाल भारतका विभिन्न १५ स्थानको १५ दिनसम्म पैदल हिंड्ने गर्छन् । यो परिक्रमा गर्नाले मनले चिताएको […]

मिथिला मध्यमा परिक्रमा यात्रा भारतको बिसौलमा

मिथिलाञ्चलमा प्रसिद्ध १५ दिने लामो मिथिला मध्यमा परिक्रमा यात्रा भारतको विहार राज्यस्थित बिसौल पुगेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–८ स्थित ऐतिहासिक महत्वको मिथिला बिहारी मन्दिरबाट झाँकी र कीर्तनसहित सुरु भएको मिथिला मध्यमा परिक्रमा यात्रा बुधबार १४ औँ दिन भारतको बिसौल पुगेको हो । यात्रा आज साँझ जनकपुरधाम आइपुग्ने जनाइएको छ । प्रत्येक वर्ष फाल्गुन शुक्लपक्ष प्रतिपदाका दिनदेखि १५ दिन मिथिला मध्यमा परिक्रममा सुरु हुने चलन छ । परिक्रमाका क्रममा १५ दिनसम्म डोलालाई जनकपुरधामबाट कल्या

अनेकतामा एकताको विशिष्ट उदाहरणः मिथिलाको मध्यमा परिक्रमा

– अजयकुमार साह मिथिलाको महाकुम्भ मानिएको १५ दिवसीय मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमा (यात्रा)का लागि प्रस्थान गरेपछि १५ दिने परिक्रमा विधिवत रुपमा सुरु भएको हो । मिथिला बिहारीको डोला अग्निकुण्डमा दिउँसो विश्राम गरेर किशोरीजीको डोलासहित जनकपुरको हनुमाननगर पुग्नेछ । हनुमाननगरमा रात्रि विश्रामपछि मिथिला बिहारी […]

सुरु भयो मिथिला मध्यमा परिक्रमा, घट्दैछ युवाको रुची

जनकपुरधाम : मिथिलाञ्चलको धार्मिक एवं ऐतिहासिक १५ दिने मिथिला मध्यमा परिक्रमा आजबाट सुरु भएको छ। परिक्रमामा अन्य वर्षहरु झैँ यस बर्षपनि श्रद्धालुहरुको भीड देखिएको छ। जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोला संगै १५ दिनसम्म मिथिलाका भारत देखि नेपाल हुँदै विभिन्न धार्मिक स्थलहरुको…

मिथिला महाकुम्भ: मिथिला मध्यमा परिक्रमा सुरु (तस्बिरहरु)

जनकपुरधाम – मिथिलाकाे महाकुम्भ मानिने मिथिला मध्यमा परिक्रमा सुरु भएको छ। बिहीबार धनुषाको मिथिला विहारी नगरपालिका कचुरीस्थित मठबाट डोला निस्केसँगै मिथिला मध्यमा परिक्रमा सुरु भएको हाे। जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गर्ने गरिन्छ। मिथिला महात्ममा मिथिलामा बृहत, मध्यमा र […]