जनकपुरधाम : मिथिलाञ्चलको धार्मिक एवं ऐतिहासिक १५ दिने मिथिला मध्यमा परिक्रमा आजबाट सुरु भएको छ। परिक्रमामा अन्य वर्षहरु झैँ यस वर्षपनि श्रद्धालुहरुको भीड देखिएको छ।
जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोला संगै १५ दिनसम्म भारत देखि नेपाल हुँदै विभिन्न धार्मिक स्थलहरुको पैदल…