जनकपुरधाम – मिथिला मध्यमा परिक्रमा सोमबारदेखि सुरु हुँदैछ। मिथिलाको महाकुम्भको रुपमा रहेको मिथिला मध्यमा परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिका कचुरीस्थित मठबाट डोला निस्केसँगै सुरु हुनेछ। परिक्रमाको सबै तयारी पूरा भएको र सोमबार बिहान ७ बजे मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको उपस्थितिमा डोला उठ्ने बृहतर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साहले जानकारी दिए। जनकपुरधामस्थित अग्निकुण्डबाट […]