काठमाडौं : कानुनविद्हरुले वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको बताएका छन्।कानुनविद् टिकाराम भट्टराई र सुनिल पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष हुने कुरा संविधानमै व्यवस्था गरेकाले स्थानीय तहको निर्वाचन पर धकेल्ने काम गर्न नहुने तर्क गरे।एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल बार एशोसिएशनका पूर्वउपाध्यक्ष समेत रहेका भट्टराईले पहिलो चरणमा सम्पन्न भएको निर्वाचनला