नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बलात्कार सम्बन्धि कानुनमाथि सरकारले पुनर्विचार गर्नुपर्ने बताए का छन् । महामन्त्री थापाले शुक्रबारको व्यवस्थापिका संसद्मा ब्युटी पेजेन्टको नाममा बलात्कारको घटनाबारे एक युवतीकाे बयानले उनको परिवारलाई पनि त्रसित बनाएको बताएका छन् ।उनले भनेका छन्, 'हिजो साँझ घर जाँदा श्रीमती र स–साना छोरीहरू सामाजिक सञ्जालमा एक नौजवान युवतीले आठ वर्ष अघि आफूमाथि भएको बलात्कारको घटना बताइरहेकी थिइन् । त्यसको प्रतिक्रिया उनीहरुको अनुहारमा परेको, मेरी छोरी ड