जलवायु सम्मेलनमा पहिलोपटक इप्पानको प्रतिनिधित्व

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को प्रतिनिधिमण्डल पहिलोपटक जलवायु सम्मेलनमा सहभागी भएको छ । नेपालमा करीब १ हजार ८०० मेगावाट क्षमताका १६५ भन्दा धेरै आयोजनाबाट विद्युत् उत्पादन गरेको इप्पानका सदस्य संस्थालाई कार्बन ट्रेडबापतको रकम दाबी गर्ने र बाढीबाट प्रभावित आयोजनालाई क्षतिपूर्ति दिलाउन पहल गर्ने लक्ष्यसहित सम्मेलनमा सहभागी हुन इप्पान प्रतिनिधिमण्डल संयुक्त अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गरेको हो । इप्पानका विज्ञ सल्लाहकार कृष्णप्रसाद भण्डारी र कार्यसमिति सदस्य मिथुन पौडेल कोप–२८ मा भाग लिन सोमवार युएई प्रस्थान गरेका हुन् । टोलीको बिदाइ गर्दै इप्पानका महासचिव बलराम खतिवडाले भ्रमण उपलब्धिमूलक बनाउन आग्रह गरे । विगतमा नेपालले कार्बन ट्रेडबापतको रकम लिन पर्याप्त अध्ययन गर्न नसकेको भए पनि अब इप्पानले विज्ञ समूह बनाएर कार्बन ट्रेडबारे अध्ययन गर्ने र अरू देशका जलविद्युत् प्रवद्र्धकले लिइरहेको सुविधा नेपाली प्रवद्र्धकलाई दिलाउन पहल गर्ने खतिवडाले बताए । इप्पानका सल्लाहकार भण्डारीले युएईमा जापान, अमेरिका लगायतका विकसित मुलुकका प्रतिनिधिसँग ‘साइड लाइन’ वार्ता गरेर नेपालमा जलवायुसम्बन्धी फण्ड भित्त्याउन पहल गर्ने बताए । इप्पानका कार्यसमिति सदस्य पौडेलले जलवायुसम्बन्धी च्यारिटी फण्ड ल्याउन पहल गर्ने बताए । इप्पानका प्रमुख कार्यकारी भीम गौतमले कार्बन विसर्जनको दुई तिहाइ हिस्सा निजी क्षेत्रको भए पनि लाभ जति सबै सरकारी पक्षले मात्रै लिएको भन्दै अब निजीक्षेत्रले पनि लाभ पाउने गरी कोप–२८ मा इप्पानका एजेण्डा प्रस्तुत गर्न आग्रह गरे ।  

सम्बन्धित सामग्री

जलवायु सम्मेलनमा पहिलोपटक इप्पानको प्रतिनिधित्व, भण्डारी र पौडेल युएई प्रस्थान

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको प्रतिनिधिमण्डल पहिलोपटक जलवायु सम्मेलनमा सहभागी भएको छ। नेपालमा करिब एक हजार ८०० मेगावाट क्षमताका १६५ भन्दा धेरै आयोजनाबाट विद्युत उत्पादन गरिरहेको इप्पानका प्रतिनिधिमण्डल संस्थालाई कार्बन ट्रेडवापतको...

२६ वर्षीया रोमिना बनिन् स्वीडेनकी वातावरण मन्त्री

स्वीडेनमा २६ वर्षीया रोमिना पोरमोकतारी जलवायु तथा वातावरण मन्त्री नियुक्त भएकी छिन्। नवनियुक्त प्रधानमन्त्री उल्फ क्रिस्टरसनले रोमिनाले अक्टोबर १८ देखि पदभार ग्रहण गरेकी हुन्। रोमिना स्वीडिस क्याबिनेटमा प्रतिनिधित्व गर्ने हालसम्मकै कम उमेरकी मन्त्री हुन्। उनी लिबरल पार्टीको 'युथ विङ' की प्रमुख थिइन् र वातावरणलाई आफ्नो राजनीतिक एजेन्डाका रुपमा प्रस्तुत गर्दै…

इजिप्टमा हुने युवा संसदको ग्लोबल फोरममा बानियाँ सहभागी हुँदै

काठमाडौं । विश्वभरका युवा सांसदहरूको आठौं ग्लोबल फोरममा नेपालका निश्चल बानियाँले प्रतिनिधित्व गर्ने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सनको आधिकारिक युवा निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै हेटौंडाका २३ वर्षीय बानियाँ इजिप्ट जानका लागेका हुन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि फ्रेमवर्कको आठौं ग्लोबल फोरम अफ युवा संसद सदस्यमा बालबालिका र युवा निर्वाचन […]

कोप-२६ मा चीन र अमेरिका बीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी

ग्लास्गो, बेलायत, कार्तिक १९ ( रासस-सिन्ह्वा) -चीन र संयुक्त राज्य अमेरिकाले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप-२६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन्। उक्त वार्तमा चीनको प्रतिनिधित्व जलवायु परिवर्तनका लागि चीनका विशेष दूत झी झेनहुआ र कोप-२६ मा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख तथा पारिस्थितिक तथा वातावरण […]

कोप–२६ मा चीन र अमेरिकाबीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी

चीन र संयुक्तराज्य अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप–२६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन् ।उक्त वार्तामा चीनको प्रतिनिधित्व जलवायु परिवर्तनका लागि चीनका विशेष दूत झी झेनहुआ र कोप–२६ मा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख तथा पारिस्थितिक तथा वातावरण मन्त्रालयका उपमन्त्री झाओ यिङमिन र संयुक्त राज्य अमेरिकाका जलवायुसम्बन्धी राष्ट्रपतिका विशेष दूत जोन केरीले गरेका छन् ।

कोप-२६ सम्मेलनमा सहभागी हुन निवेदन दिएका ६ अफगानी प्रतिनिधिको निवेदन अस्वीकृत

आइतवार देखि स्कटल्याण्डको ग्लास्गोस्थित स्कटिस इभेन्ट कलेजमा सुरु भएको राष्ट्र संघीय जलवायु सम्मेलन कोप-२६ मा यसपटक अफगानिस्तानबाट प्रतिनिधित्व 'शून्य' हुने भएको छ।  अफगानिस्तानको प्रतिनिधित्व गर्ने गरी ६ जना प्रतिनिधिले दिएको निवेदन आयोजकले अस्वीकार गरेको छ। सम्मेलन सुरु हुनु दुई दिन अगाडि मात्र उनीहरुको निवेदन अस्वीकृत भएको हो। ६ जना वातावरणविद्हरुले सम्मेलनमा…

जलवायु सम्मेलनमा नेपालको सहयोग होस् : बेलायत

बेलायत सरकारले कोप २६ (जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन) मा उच्चस्तरीय प्रतिनिधित्व तथा सहयोग

जलवायु सम्मेलनमा नेपालको सहयोग होस् : बेलायत

बेलायत सरकारले कोप २६ (जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन)मा उच्चस्तरीय प्रतिनिधित्व तथा सहयोग र समर्थनका लागि नेपाललाई आग्रह गरेको छ । सम्मेलनका लागि अध्यक्ष तोकेका सांसद आलोक शर्माले प्रधानमन्त्री केपी ओलीसँग...

जलवायु परिवर्तन र दिगो आर्थिक विकास - Karobar National Economic Daily

पछिल्लो समयमा विश्वव्यापी विकास अभ्यासमा भित्रिएको शब्दावली हो— जलवायु परिवर्तन, कतै यसलाई मौसम परिवर्तन पनि भनिएको देखिन्छ । तर, मौसमले यसको एउटा अवयवलाई मात्र प्रतिनिधित्व गर्छ । जलवायु परिवर्तनका बहुआयामिक…

जलवायु परिवर्तन र दिगो आर्थिक विकास - Karobar National Economic Daily

पछिल्लो समयमा विश्वव्यापी विकास अभ्यासमा भित्रिएको शब्दावली हो— जलवायु परिवर्तन, कतै यसलाई मौसम परिवर्तन पनि भनिएको देखिन्छ । तर, मौसमले यसको एउटा अवयवलाई मात्र प्रतिनिधित्व गर्छ । जलवायु परिवर्तनका बहुआयामिक…