काठमाडौँ, २७ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा बेलायत सरकार बलियो साझेदार भएको बताएका छन्। बेलायती राजदूतावासका कार्यबाहक राजदूत पिप्पा बर्डसँग आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्दै आएको बताउँदै स्वास्थ्य प्रणाली सुधारका लागि आगामी दिनमा पनि निरन्तर सहयोग […]
नेपालको विद्युत व्यापारमा सघाउन बेलायत तयार रहेको जनाएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भएको शिष्टाचार भेटका क्रममा बेलायती राजदूत निकोला पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको बताएकी हुन् ।बिहीबार ऊर्जा मन्त्रालयमा भएको भेटमा उनले नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत व्यापारमा पनि सहजीकरण गर्न बेलायत तयार रहेको भन्दै ऊर्जा क्षेत्रका […]
बेलायत सरकारले नेपाललाई थप कोरोनाविरुद्धको २१ लाख मात्रा जोन्सोन एण्ड जोन्सोन खोप उपलब्ध गराएको छ । विहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले २१ लाख मात्रा खोप हस्तान्तरण गरेका हुन् ।मन्त्री खतिवडाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को लडाईमा बेलायत सरकारले खोपसहित स्वास्थ्य सामग्री सहयोग गरेको बताए । नेपालको पूर्वाधार विकास र स्वास्थ्य शिक्षा क्षेत्रको विकासको लागि बेलायत सरकारको भेटमा मन्त्री खतिवडाले ब
ऐतिहासिक घटनाक्रम र विकास निर्माणको परियोजनामा सहयोग तथा गोर्खा सैनिकजस्ता कुराले नेपाल–बेलायत सम्बन्ध विशेष रहने गर्छ । नेपाल–बेलायत सम्बन्ध नेपाल र संयुक्त अधिराज्यबीचको वैदेशिक सम्बन्ध हो । बेलायत र नेपालको सम्बन्ध इतिहासदेखि मैत्री सम्बन्ध थियो र दुई देशको राजपरिवारबीच पनि निकट सम्बन्ध थियो । ऐतिहासिक घटनाक्रम र विकास निर्माणको परियोजनामा सहयोग तथा गोर्खा सैनिकजस्ता कुराले […]
बेलायत स्थित स्कटल्याण्डको ग्लास्गोमा यही अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुन गइरहेको जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्र संघिय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २६ औं सम्मेलनका लागि नेपालको पूर्व तयारी अन्तिम चरणमा पुगेको छ । जलवायु परिवर्तनले नेपाललाई पारेको प्रभाव, नेपालले गरेको प्रयासको बारेमा जानकारी दिदै न्यूनिकरणका लागि आवश्यक पर्ने अन्तराष्ट्रिय प्राविधिक तथा बित्तिय सहयोग […]
जेठ १४, काठमाडौं । कोभिड–१९ को महामारीमा नेपाललाई सघाउन बेलायत र फिनल्यान्ड सरकारले उपलब्ध गराएका स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ ।
बेलायत र फिनल्यान्डले विशेष विमानबाट नेपाल पठाएका ती सामग्री शुक्रवार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित संक्षिप्त कार्यक्रममा हस्तान्तरण गरिएको हो ।
नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले २६० थान भेन्टिलेटर तथा १९ हजार २०० आँखारक्षक उपकरण मन्त्री त्रिपाठीलाई हस्तान्तर गर्नुभएको परराष्ट्र मन्त्रालयले जानकारी दिइएको छ ।
त्यसैगरी नेपालका लागि फिनल्यान्डका राजदूत पेर्ती आन्तिनेनले मन्त्री त्रिपाठीलाई तीन लाख ५० हजार एफएफ पी टू मास्क, एक लाख के एन ९५ मास्क, दुई लाख ३२ हजार ५०० जोर पञ्जा, ३० हजार सुरक्षा पोशाक, २४ लाख ९८ हजार फेसमास्क र तीन लाख ५० हजार फेससिल्ड प्रदान गरेको पनि उक्त मन्त्रालयले जानकारी दिएको छ ।
विमानस्थलमा भएका बेग्लाबेग्लै कार्यक्रममा मन्त्री त्रिपाठीले बेलायत र फिनल्यान्ड सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै प्राप्त सहायताबाट नेपाल–बेलायत र नेपाल र फिनल्यान्डबीचको मैत्री प्रतिबिम्बित भएको बताए ।
दुवै देशका राजदूतले महामारीविरुद्धको नेपालको लडाइँमा केही मात्रामा भए पनि सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्दै भविष्यमा पनि सक्दो सहायता गर्ने आश्वासन दिए । रासस
बेलायत सरकारले कोप २६ (जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन)मा उच्चस्तरीय प्रतिनिधित्व तथा सहयोग र समर्थनका लागि नेपाललाई आग्रह गरेको छ । सम्मेलनका लागि अध्यक्ष तोकेका सांसद आलोक शर्माले प्रधानमन्त्री केपी ओलीसँग...