मालढुङ्गा–बेनी सडक योजना अलपत्र पर्दा धुलोले सकस

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडकलाई स्तरोन्नतिसहित कालोपत्रे गर्ने योजना तीन वर्षदेखि निर्माणाधीन अवस्थामा छ ।