अलपत्र सडकमै रोपाई, ठेकेदार वेपत्ता हुँदा नियमक निकाय मुखदर्शक

गण्डकी प्रदेश सरकारले तीन वर्ष अघि सारेको ‘एक निर्वाचन क्षेत्र १ नमूना सडक कार्यक्रम’ अन्तर्गतका जिल्लाका दुईवटा सडक योजना अलपत्र परेका छन् । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण सडक योजना समयमै कार्यान्वयन हुन नसक्दा अलपत्र परेको छ ।

सम्बन्धित सामग्री

अकला मन्दिर पुनःनिर्माणः काम अपुरो गरेर ठेकेदार वेपत्ता - NepaliPatra

गोरखा । भूकम्पले क्षति पुर्याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रसिद्ध अकला मन्दिर पुनःनिर्माणको काम अलपत्र परेको छ । गोरखा नगरपालिका–१४, स्थित गोप्लिङमा रहेको अकला मन्दिर झण्डै तीन वर्षदेखि पुनःनिर्माणको काम अलपत्र रहेको मन्दिरका पुजारी भोजराज जैसीले बताए । गोरखा भूकम्पले क्षति पुर्याएपछि पुनःनिर्माण सुरु गरिएको अकला मन्दिर २०७८ असोजभित्रै निर्माण सम्पन्न गर्नुपर्ने […]

अलपत्र पुलको निर्माणको माग गर्दै स्थानीयवासीले थालेको अनसन जारी

लामो समयदेखि अलपत्र अवस्थामा अधुरो निर्माण छाडेर ठेकेदार वेपत्ता भएपछि रौतहटमा पुल निर्माणको माग गर्दै स्थानीयले निर्माणाधीन पुलमुनि नै रिले अनसन सुरु गरेका छन्।...

निर्माणाधीन नगरभवन अलपत्र छोडेर ठेकेदार बेपत्ता

साउन २१, बैतडी । शहिद दशरथचन्दको नामले निर्माण हुन लागेको दशरथचन्द नगरभवन बैतडीको काम अलपत्र परेको छ । काम सम्पन्न नगरेरै निर्माण कम्पनीको ठेकेदार बेपत्ता भएको हो ।  ठेकेदारलाई धेरै पटक फोन गर्दा फोननै नउठाएको जिल्ला समन्वय समितिका प्रमुख सिद्ध राज भट्टले बताए । ‘हाम्रो कार्यालयबाट गर्नुपर्ने सबै सहयोग गर्दा पनि निर्माण कम्पनी ठेकेदारले कुनै प्रतिक्रिया नदिइ भवन निर्माणमा लापरवाही गरेर वेपत्ता भएको छ’ उनले भने । जिल्ला समन्वय समितसँग भएको पुरानो सभाहललाई भत्काएर त्यसै ठाउँमा कम्पनीले नयाँ साभाहल निर्माण गर्न लागको हो । समयमा हल निर्माण नगरिदिँदा अहिले समन्वय समितिले कार्यक्रम गर्नको लागि हल भाडामा लिनु परेको बताएको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीसँग खाम्पाचे शेर्पा निर्माण सेवाले २ करोड २३ लाख १४ हजार ५७७ मा २०७६ अषाढमा भवन निर्माण सम्पन्न गर्ने गरि २०७४ पुसमा सम्झौता गरेको थियो । सम्झौता अवधि सकिएको दुई वर्ष हुँदा पनि कम्पनीले कुनै चासो नदेखाएको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।  देश संघियतामा गइसकेपछि शहरी विकास तथा भवन निर्माण कार्यालय प्रदेश अन्तर्गत र सघन शहरी तथा भवन निर्माण आयोजना विभाग केन्द्र सरकार मार्फत सञ्चालन भए । यो भवन निर्माणको जिम्मा सघन शहरी तथा भवन निर्माण आयोजना डोटीले लिएको थियो । सम्झौता अनुसार कम्पनीले निर्माण गरेको कामको मूल्यांकनको अधारमा भन्दा पनि थोरै भुक्तानी गरेको सघन शहरी तथा भवन निर्माण आयोजना फिल्ड कार्यालय बैतडीका सब इन्जिनियर सुजन रेग्मीले बताए । ‘अहिले सम्म भवनको ३० प्रतिशत वित्तीय प्रगती र ६० प्रतिशत भौतिक प्रगती भएको छ’ उनले भने । अहिलेसम्म निर्माण भएको भवनको छत पनि गुणस्तरहिन रहेको छ । छतमा कमसल प्रकारको समान हालेको र त्यस छतलाई फेरी निर्माण गर्न लगाउने प्राविधिकहरु बताउँछन् ।  खाम्पाचेशेर्पा निर्माण सेवाले निर्माणको काम हेर्ने सम्पूर्ण जिम्मा दार्चुलाका धन बहादुर कुवरलाई दिएको थियो । निर्माण हुन लागेको साभाहल द्रष्ट सहितको सुविधा सम्पन्न दुइतले भवन हो ।  अहिले कार्यालयले खाम्पाचेशेर्पा निर्माण सेवालाई पत्र लेखेको आयोजना कार्यालयले बताएको छ । पत्र लेखेपछि निर्माण सेवाले भवनको अधुरो काम धन बहादुर मार्फत नभई आफैले पूरा गर्ने भनी सम्पर्कमा आएको सघन शहरी तथा भवन निर्माण आयोजना डोटीले बताएको छ ।

ठेकेदार बेपत्ता भएर राेकिएकाे पुल नगरले बनायो - Naya Patrika

सडक डिभिजन कार्यालय मार्फत निर्माण हुदै गर्दा बिचमै छाडी ठेकेदार वेपत्ता भएपछि अलपत्र बनेको धरानस्थित धनकुटे रोडको पुल स्थानीय सरकारको सकृयतामा बनेको छ । दुई बर्षदेखि निर्माण सुरु गरेको पुल...पूरा पढ्नुहोस् »

भोजपुरको सडक अलपत्र पारेर ठेकेदार वेपत्ता

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank