म्याग्दी-निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले एक वर्षअघि जिम्मा लिएको म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा पुग्ने सडक योजना अलपत्र पारेका छन् । गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक निर्माण योजना जिसीले काम नगर्दा अलपत्र परेको हो ।पुर्बाधार बिकास कार्यालय म्याग्दीले मुना–लुलाङ–गुर्जा सडक आयोजनाअन्तर्गत महतला भीर क्षेत्रमा सडक निर्माणका लागि २०७६ पुस पहिलो साता ठेक्का भएको थियो […]