फूटवेयर्स म्यानुफ्याक्चर्स एसोसिएशनले वैशाख १५ गतेदेखि फूटवेर्स एक्सपो आयोजना गर्ने भएको छ । एसोसिएशनले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरेर जेठ ८ सम्म एक्सपो आयोजना गर्ने जानकारी दिएको हो ।स्वदेशी उत्पादनका बारेमा उपभोक्तालाई जानकारी दिने लक्ष्यसहित एक्सपोको आयोजना गर्न लागिएको जनाइको छ । यसैगरी, मेलामार्फत स्वदेशी उत्पादनको प्रचारप्रसारमा समेत सहयोग पुग्ने अपेक्षा व्यवसायीहरूको छ ।यसका साथै, विदेशी जुत्ता/चप्पलको आयात प्रतिस्थापन गरेर स्वदेशकै उत्पादनलाई बढवा दिने लक्ष्य समेत मेलाको रहनेछ