काठमाडौं : नेपाल बार एसोसिएसनका पदाधिकारीहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका छन्। बारका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका पदाधिकारीहरुले सभामुख सापकोटासँग भेट गरेका हुन्।
भेटका क्रममा बारका पदाधिकारीले प्रधानन्यायाधीश महाभियोगको टुंगो लगाउन सभामुखसँग आग्रह गरेका छन्। उनीहरुले प्रतिनिधिसभाको यसै अधिवेशनमा महाभियोगको प्रकृया अघि बढाउन आग्रह गरेका हुन्।
जवाफमा सभामुख सापकोटाले छिट्टै महाभियोगको प्रकृया अघि…