महाभियोग प्रस्तावः चार महिनादेखि अलपत्र

काठमाडौं, असार ११ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधि सभामा सूचना पेस भएको पनि तीन महिनाभन्दा बढी भइसकेको छ । महाभियोग सिफारिस समिति गठन भइसके पनि प्रस्तावको सैद्धान्तिक छलफल र समितिमा पठाउने प्रक्रिया प्रारम्भ नै भएको छैन । प्रस्तावक दलहरूले प्रस्ताव अघि बढाउन कुनै कार्यसूची पनि बनाएका छैनन् । प्रक्रिया अघि बढाउने मागलाई प्रतिपक्षी दलले औपचारिकता […]

सम्बन्धित सामग्री

महाभियोग टुङ्गो लगाउन आग्रह

करिब ६ महिनादेखि अलपत्र रहेको प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमा समितिको प्रक्रिया छिटो अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटाले सदस्यहरूलाई आग्रह गर्नुभएको छ। सिफारिस समितिको बैठक सहजीकरणका लागि सभामुख सापकोटाले बुधबार बैठक बोलाउनुभएको थियो। बैठकमा सापकोटाले छानबिन प्रक्रियालाई चाँडो अघि बढाउन आग्रह गर्नुभएको हो। प्रमुख विपक्षी दल नेकपा (एमाले)ले भने ६ महिनासम्म अलपत्र प्रस्ताव कार्यकालको अन्तिम समयमा समितिमा पठाइनुको औचित्य सभामुखसँग सोधेको छ।

चार महिनादेखि अलपत्र

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगको सूचना दर्ता भएको चार महिना पूरा भइसकेको छ । प्रतिनिधि सभामा सूचना पेस भएको पनि तीन महिनाभन्दा बढी भयो । महाभियोग सिफारिस समिति गठन भइसके पनि प्रस्तावको सैद्धान्तिक छलफल र समितिमा पठाउने प्रक्रिया प्रारम्भ नै भएको छैन । प्रस्तावक दलहरूले प्रस्ताव अघि बढाउन कुनै कार्यसूची पनि बनाएका छैनन् । प्रक्रिया अ