वीरगन्ज । प्रतिनिधिसभाका नवनिर्वाचित एक सांसदले आफ्नै कम्पनीले ठेक्का पाएको सडकखण्डको सोमबार शिलान्यास गरेका छन् ।
पर्सा ३ का सांसद हरिनारायण रौनियार पप्पु कन्स्ट्रक्सनका सञ्चालक...
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश दिएकामध्ये ३० कम्पनीको बोनस सेयर मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।
लाभांश घोषणा गरेका १०० भन्दा बढी कम्पनीमध्ये हालसम्म (आइतवारसम्म) एक तिहाइभन्दा कमको मात्रै बोनस सेयर मात्रै नेप्सेमा सूचीकृत भएको हो ।
अधिकांश कम्पनीले साधारण सभाबाट लाभांश पारित गरे पनि अहिले सूचीकरणको प्रक्रियामै छन् ।
ती कम्पनीको कुल १४ करोड १७ लाख २४ हजार ८०४ दशमलव ४७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी कम्पनीमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको ३ करोड ३५ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत भएको छ ।
कम्पनीको बोनस शेयर र कित्ता
स्रोत : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ।
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश दिएकामध्ये ३० कम्पनीको बोनस सेयर मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।
लाभांश घोषणा गरेका १०० भन्दा बढी कम्पनीमध्ये हालसम्म (आइतवारसम्म) एक तिहाइभन्दा कमको मात्रै बोनस सेयर मात्रै नेप्सेमा सूचीकृत भएको हो ।
अधिकांश कम्पनीले साधारण सभाबाट लाभांश पारित गरे पनि अहिले सूचीकरणको प्रक्रियामै छन् ।
ती कम्पनीको कुल १४ करोड १७ लाख २४ हजार ८०४ दशमलव ४७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी कम्पनीमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको ३ करोड ३५ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत भएको छ ।
कम्पनीको बोनस शेयर र कित्ता
स्रोत : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ।
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट हालसम्ममा ६ ओटा लघुवित्त कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । युनिक नेपाल लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, सपोर्ट लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् । नेपाल स्टक एक्सचेन्जमा ५५ ओटा लघुवित्त वित्तीय संस्था सूचीकृत छन् ।
यी कम्पनीहरूमध्ये सबैभन्दा बढी लाभांश युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले पहिलो पटक शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।
सबैभन्दा बढी लाभांश वितरण गर्ने लघुवित्त कम्पनीको सूचीमा दोस्रोमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरनीलाई १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै सपोर्ट लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले अहिले प्रस्ताव गरेको लाभांश १० वर्षयताकै न्यून हो । अघिल्लो आवको मुनाफाबाट कम्पनीले १५ प्रतिशत बोनस शेयर र ६ दशलमव ०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरेको थियो ।
त्यस्तै आरएसडिसी लघुवित्तले गत आवको नाफाबाट हाल कायम चुक्ता पूँजी ८ दशमलव ६० प्रतिशत र कर प्रयोजनार्थ शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारितको लागि कम्पनीले मङ्सिर १५ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले मङ्सिर ७ गते बुक क्लोज गरेको छ । यस बुक क्लोजको आधारमा मङसिर ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । यस कम्पनीले अघिल्लो आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
त्यसैगरी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले अघिल्लो आवको मुनाफाबाट पनि आफ्ना शेयरधनीलाई १४ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस कम्पनीले नगद लाभांशमा जोड दिएको छ ।
काठमाडौं, मंसिर २८ । सरकारले विदेशी लगानीका कम्पनीले कबोल गरे अनुसार लगानी ल्याउन नसकेर देखिएको समस्या फुकाउने तयारी गरेको छ । विदेशी लगानीकर्ताले उद्योग विभागमा प्रतिवद्धता जनाएअनुसार पूरा लगानी ल्याउन नसकेपछि सेयर खरिद बिक्री, लाभांश प्राप्ति लगायतका विषयमा समस्या देखिएको छ । अहिले यहि समस्या हटाउने तयार भएको हो । विभागले प्रतिवद्धताका तुलनामा अपुरो वैदेशिक […]
एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले पान मसलाको (सुर्तीजन्य ) विज्ञापन पछि रक्सी कम्पनीको विज्ञापन गर्न अस्वीकार गरेका छन् । साउथ इन्डष्ट्रिका ट्रेड एनालिस्ट मनोबाला विजयबालनका अनुसार अल्लुलाई रक्सी कम्पनीले १० करोड भारुको अफर दिएको थियो । साउथका निकै नाम चलेका कलाकारले कुनै पनि ब्रान्डलाई एन्डोर्स गर्नका लागि ७.५ करोड भारु लिने गर्छन् । […]
साउथका निकै चर्चित अभिनेता अल्लु अर्जुनले एउटा रक्सी कम्पनीको विज्ञापन गर्न अस्वीकार गरेका छन् । साउथ इन्डष्ट्रिका ट्रेड एनालिस्ट मनोबाला विजयबालनका अनुसार अल्लुलाई रक्सी कम्पनीले १० करोड भारुको अफर दिएको थियो । मनोबालाले अल्लुलाई सिद्धान्तलाई पालना गरेकोमा बधाई पनि दिएका छन् । साउथका निकै नाम चलेका कलाकारले कुनै पनि ब्रान्डलाई एन्डोर्स गर्नका लागि ७.५ करोड भारु लिने गर्छन् । यसअघि पनि अल्लुले सुर्ती कम्पनीको विज्ञापनको अफर अस्वीकार गरेका थिए । प्रशंसकबीच गलत मेसेज दिन चाहँदैनन्कुनै पनि लत लाग्न
काठमाडौं, बैशाख १२। बीमा समितिले मर्जरमा लैजाने उद्देश्यसहित बीमा कम्पनीहरूको चुक्तापूँजी बढाउने निर्णय गरे पनि बीमकहरू मर्जरमा आकर्षित नभएको देखिएको छ । चुक्तापूँजी बढाउने क्रममा अधिकांश कम्पनीले मर्जरलाई अन्तिम विकल्पको रूपमा अघि सारेका छन् । बीमा कम्पनीले चुक्तापूँजी बढाउने योजना (क्यापिटल प्लान) समितिमा बुझाउनुपर्ने अन्तिम दिन आइतवार थियो । सो दिनसम्ममा ३९ मध्ये २४ कम्पनीले […]
कोरोना भाइरसको संक्रमण कम गर्न गरिएको निषेधाज्ञाको बेला सरकारी कम्पनीको सेवा भने प्रभावकारी बन्न सकेको छैन ।सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनले अत्यावश्यक वस्तुको बिक्री खुला गरे पनि ग्राहकको आकर्षण हुन नक्सदा सेवा प्रभावकारी बन्न नसकेको हो । निजी क्षेत्रका पसलमा सामान खरिद गर्ने उपभोक्ताको भीड लागे पनि सरकारी […]